• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

आरुबोटे नरसंहार-२ : आरुबोटेमा सिसाकाण्ड, हत्या आरोपी मानबहादुर फिदिमतिर

64x64
नारायण अधिकारी सोमबार, जेठ २०, २०७६  १८:००
1140x725

नारायण अधिकारी, लिलु डुम्रे।

(आरुबोटे) पाँचथर– पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटमा जेठ ६ गते राति भएको हत्या घटनाको त्रास र तरंग अझै सेलाएको छैन। बमबहादुर फियाक र धनराज शेर्मा (ससुरा-ज्वाइँ) का परिवारका ९ जनाको हत्यामा बमबहादुरकै ज्वाइँ मानबहादुर माखिमको हात रहेको प्रहरीले प्रारम्भिक अनुमान गरिसकेको छ।

पाँचथरको दुर्गम गाउँमा एकैरात भएको ९ जनाको हत्या घटनालाई प्रहरीले आपराधिक इतिहासमै एक व्यक्तिले गराएको भयंकर अपराधको रुपमा लिएर अनुसन्धान जारी राखेको छ। 

घटनापछि नेपाल लाइभ टिम घटनास्थल आरुबोटे पुगेको थियो। हामीले उक्त घटनामा पारिवारिक सम्बन्ध, आर्थिक लेनदेन, सामाजिक कारणसमेत खोतलेका छौं। यति भयंकर हत्याकाण्डमा एकै व्यक्ति संलग्न हुन सक्छ कि सक्दैन? झुन्डिएर आत्महत्या गरेका मानबहादुर र हत्या गरिएका परिवारको सम्बन्ध कस्तो थियो? मानबहादुरको व्यवहार, मनोदशा र विगत कस्तो थियो? शृंखलाबद्ध रुपमा हामीले रिपोर्टिङ गरेका छौं।

पहिलो शृंखलामा घटनामा जोडिएको भनिएको सिसाकाण्ड बारे अन्तरकुन्तर खोतल्ने प्रयास गरेका थियौं। यो दोस्रो शृंखलामा सिसाकाण्डमा मानबहादुरको संलग्नता कति थियो भन्ने विषयलाई केन्द्रमा राखेर प्रहरी, बिरामी, अस्पताल र स्थानीयवासीसँग जानकारी लिएका छौं। 

OOO

आरुबोटे घटनाको केही दिन बितिसकेको छ। तर, स्थानीयको अनुहारमा भय गायब भइसकेको छैन। नृशंस हत्यापछि गाउँले राम्ररी निदाउन सकेका छैनन्। गर्मीमा बाहिर सुत्ने कतिपय साँझ नपर्दै ढोका लगाएर भित्र छिरिसकेका हुन्छन्।

यहाँका बासिन्दामा जेठ ६ गते रातिको घटनाले पछ्याइरहेको महसुस गर्न सकिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

घटनामा एकाएक सिसाकाण्ड जोडिएपछि भने गाउँलेहरु थप अन्योलमा छन्। जुन दिन सिसाकाण्डको हल्ला चल्यो, त्यही दिन पाँचथरकै हिलिहाङ गाउँपालिका–४ कात्तिके भन्ने ठाँउमा १५ वर्षीया किशोरी शीतल योङहाङको घाँटी रेटेर हत्या भएको थियो। 

त्यसको भोलिपल्टै फाल्गुनन्द–२ का भगीरथ बाँस्तोला पक्राउ परे भने अर्का हत्या आरोपी पदम तामाङ भने हिजो आइतबार झापाको दमकबाट समातिएका छन्।

कक्षा १० मा पढ्ने युवतीको विभत्स हत्यापछि विद्यार्थी लगायत स्थानीयले फरार हत्यारालाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै पाँचथरमा आन्दोलन सुरु गरे। आन्दोलन साम्य पार्न खटिनुपर्ने, युवतीका हत्याराबारे अनुसन्धान गर्नुपर्ने र पक्राउ गर्नुपर्ने जिम्मेवारी प्रहरीमा छँदै थियो। 

युवती हत्या गम्भीर भन्दै अनुसन्धानमा जुटेको पाँचथर प्रहरीलाई चक्मा दिनेगरी यही बेला बाहिरियो, सिसाकाण्ड। सिसाकाण्डपछि भने सो आन्दोलन मत्थर भएको गाउँले बताउँछन्।

मानबहादुरका ससुरा बमबहादुर फियाकको घर। यहाँ बमबहादुरसहित ४ जनाको हत्या भएको थियो।

नुनमा सिसा मिसिएको घटना (बैसाख ३० गते) जेठ १ गते मात्र प्रहरीकहाँ पुगेको थियो। उक्त घटनाबारे विभिन्न व्यक्तिसँग सोधपुछ र आशंकित व्यक्तिप्रतिको निगरानीमै थियो प्रहरी। धनराज शेर्माको घरमा भएको सिसाकाण्डबारे यथार्थ पत्ता नलाग्दै उनको शेर्मासहित घरका ५ जना र ससुरा बमबहादुर फियाकको घरमा ४ गरी ९ जनाको हत्या भयो। 

त्यसपछि झनै पेचिलो बनेको सिसाकाण्ड अझै रहस्यमै छ।

सिसाकाण्डबारे स्थानीय दशमी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय रविले अनुसन्धान गरिरहेका थिए। धनराजका परिवारका सदस्यले सिसा मानबहादुरले हालेको आशंका गरेका थिए।

खानामा सिसा मिसिएको थाहा पाएपछि बैसाख ३० गते नै धनराजकी श्रीमती जस्मिताले धनकुटामा रहेकी आफ्नी जेठी दिदी दिलमायालाई फोनमार्फत उक्त कुराको जानकारी गराएकी थिइन्।

बमबहादुरका ४ छोरीमध्ये दिलमाया जेठी हुन्। माइली जस्मिता र कान्छी मनकुमारीको हत्या भइसकेको छ। अब जेठी दिलमाया लिम्बू र साइँली बुद्धमाया खजुम जीवित छन्।

२९ गते राति धनराजको घरको नुनमा सिसा हालिएको आशंका गरिएको थियो। 

सोही राति एक युवा कालो प्लाटिकको पोको बोकेर बमबहादुरको घर नजिकै उभिएको देखेको बताउने जस्मिता फियाक (धनराजकी पत्नी) को हत्या भइसकेको छ। उनकी दिदी दिलमायाले नेपाल लाइभसँग कुरा गर्दै भनिन्, 'घर नजिकै बरको रुख छेउमा एउटा केटो कालो झोला बोकेर उभिएको थिएछ। भन्ज्याङको सानुभाइ भन्नेले देखेको रे। उसैले जस्मितालाई भनेपछि मलाई फोन गरेको थियो।' सानुभाइलाई देखेपछि ती युवा पश्चिमतर्फ ओरालो लागेको उनको भनाइ छ।

जस्मिता फियाककी दिदी दिलमाया।

धनराजको घरमा नुनमा सिसा हालेर बमबहादुरको घरमा पनि आएको र मान्छेले देखेपछि नहाली भागेको हुन सक्ने बमबहादुरका छोरीहरुको आशंका छ।

यसअघि पनि बेलाबेला बमबहादुरकी कान्छी छोरी मनकुमारीका कपडा घरबाटै हराउने र बारीका कान्लाहरुमा फालेको अवस्थामा भेटिने गरेको पनि हामीले सुन्यौं। यो गतिविधिमा पनि मानबहादुरकै संलग्नता हुन सक्ने उनीहरु दाबी गर्छन्।

८ जना बिरामी भएर उपचार गराउन फिदिम आइपुगेपछि सदरमुकाम प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको थियो। परिवार, छिमेकी गाउँलेले आशंका गरे जस्तै नुनमा सिसा मानबहादुरले नै हालेका हुन् त? यसबारे अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालयले पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेललाई हामीले सोध्यौं। 

'मानबहादुरमाथि आशंका गरिएपछि हामीले उनको कल डिटेल पनि मगायौं। सिआइबीले समेत यसको टेक्निकल पाटो केलायो,' उनले भने, 'तर मानबहादुरले नै सिसा हालेको हो भन्ने निष्कर्षमा हामी पुगेका छैनौं।’ 

प्रहरी निरीक्षक अनिलकुमार पौडल।

३० गते बिहानको खानामा सिसा परेको भनेपछि २९ गते राति नै नुनमा सिसा हालेको हुनुपर्ने प्रहरीको अनुमान छ। सोही अनुसार २९ गते साँझदेखि ३० गते दिनभर मानबहादुरको मोबाइल लोकेसन प्रहरीले हेरेको थियो। 

बिटिएस लोकसन हेर्दा मानबहादुर फिदिम बजार देखिएकाले उनले नुनमा सिसा नहालेको निष्कर्षमा प्रहरी पुगेको प्रहरी निरीक्षक पौडेल बताउँछन्। 

मानबहादुरले होइनन् भने सिसा कसले मिसायो त? यो प्रश्न झनै पेचिलो बनेको छ। प्रहरीले अहिलेसम्म यसको जवाफ पत्ता लगाउन सकेको छैन।

घटनास्थल आरुबोटे र फिदिमबीचको दुरी।

मिलन केन्द्र नेपाल नामक संस्थाले बैसाख १५ देखि आरुबोटेस्थित धनराज शेर्माको घरमा ढाका सिलाई-बुनाई सम्बन्धी तालिम सञ्चालन गरेको थियो। तालिममा बिहानी खानाको रुपाम थुक्पा खाएका ६ सहभागी मनिषा नेपाली (२०), लक्ष्मी लिम्बू (२२), विष्णु विक (१९), सोना लिम्बू (१९), मनकुमारी लिम्बू (३३) र मेनुका दास (१७) मात्रै होइन धनराजका दुई छोरीहरु युहाना र मुना पनि बिरामी भए।

जेठ १ गते आठै जनालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगियो। मनिषा नेपाली र लक्ष्मी लिम्बूको अवस्था गम्भीर भएकाले उनीहरुलाई भने ५ बजे फिदिमकै समर्पित अस्पताल भर्ना गरियो। 

के नुनमा मिसाइएको सिसा नै थियो त? उपचारका क्रममा डाक्टरले नयाँ कुरा पो पत्ता लाए कि? यिनै प्रश्नले पछ्याएपछि हामीले समर्पित अस्पतालका डाक्टर विशालचन्द्र सुवेदीलाई सोध्यौं। 

डाक्टर विशालचन्द्र सुवेदी।

‘त्यो दिन के भयो हामीले केही थाहा नै पाएनौं। मनिटर गरेर बसियो,' उनी भन्छन्, 'भोलिपल्ट दिउँसो १० बजेबाट उनीहरुले हाउभाउमार्फत केही इसारा गर्न थाले। त्यसपछि ग्यास्ट्रिक जस्तो लक्षण देखिएकाले हामीले त्यही अनुसार उपचार गर्‍यौं। बिस्तारै सुधार हुँदै गएपछि उनीहरुले पर्सिपल्टबाट खाना खान थाले।'

पेट र घाँटी दुख्ने गरेको बताएका मनिषा र लक्ष्मी अस्पताल ल्याउँदाल्याउँदै बाटोमा वान्ता भएपछि बेहोस भएका थिए। त्यसको करिब डेढ घन्टामा उनीहरु अस्पताल पुगेका थिए। अस्पताल ल्याइपुर्‍याउँदा दुवै जना बोल्न सक्ने अवस्थामा थिएनन्। 

बिरामी लिएर आएका मानिसले नुनमा सिसाजस्तो वस्तु लिएर आएका थिए। सिसा खाएपछि बिरामी भएको उनीहरुले डाक्टरलाई बताएका थिए। 

उपचारमा संलग्न डाक्टरले पनि सिसा नै हो भनेर पुष्टि गर्ने आधार नभेटिएको बताए।

नुनमा मिसाइएको भनिएको सिसा।

'सिसा खाएको भनेपछि घाँटी कोरिनुपर्ने, आन्द्रामा घाउ हुनुपर्ने, दिसामा रगत र सिसाका टुक्रा समेत देखिनुपर्ने हो। सोही अनुसार हामीले जाँच गरेका थियौं,’ डाक्टर सुवेदीले भने, ‘तर सिसा नै हो भन्ने आधार बिरामीबाट देखा पर्न सकेन।’

तर, उनीहरुले ल्याएको नमुनामा भने मसिनो नुनमा खस्रो चिनी मिसाए जस्तो सेतासेता टुक्रा भने देखिएको डाक्टर सुवेदीको भनाइ छ। 

बिरामीहरुको स्वास्थ्यमा सुधार हुँदै गएपछि जेठ ५ गते अस्पतालले डिस्चार्जको तयारी थालेको थियो। तर अस्पताललाई तिर्नुपर्ने रकम भोलिपल्ट मात्रै आइपुग्ने बिरामीले बताएपछि जेठ ६ गते दिउँसो ५ बजेतिर उनीहरू डिस्चार्ज भएका थिए। ती बिरामी त्यसदिन आरुबोटे नभएर फिदिममै बसेका थिए। तर, त्यसै रात आरुबोटेमा ९ जनाको हत्या भयो।

बिरामी लिएर उपचार गराउन आएका सिंहबहादुर नेम्वाङले 'सिसा हो भने हो भन्नु, होइन भने होइन भन्नु' भन्दै अस्पतालमै चर्काचर्की गरेको अस्पतालका पब्लिक रिलेसन अफिसर शिशिर आङ्बो बताउँछन्। नेम्वाङले 'परिवार नै बिग्रिने भइसक्यो, सिसा हो होइन लेखेर ग्यारेन्टी दिनपर्‍यो' भनेर थर्काएको आङ्बोको भनाइ छ।

डाक्टरले तयार पारेको बिरामीको रिपोर्ट।
डाक्टरले तयार पारेको बिरामीको रिपोर्ट।

'हामीले चेक गर्दा सिसा फेला परेन। लेखेर ग्यारेन्टी दिन मिल्दैन। बरु प्रशासनमा राख्नुपर्ने कुरा हामी भनौंला भनेर पठायौं,' आङ्बो भन्छन्।

उक्त सिसा मिसिएको भनिएको नुन जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर पठाइसकिएको छ। यसको रिपोर्ट आएपछि हामी अर्को शृंखलामा त्यसबारे पनि थप जानकारी दिनेछौं।

अबको शृंखलामा भने घटनाको दिन जेठ ६ गते दिनभर मानबहादुरको छटपटी कस्तो थियो? किन उनी तलमाथि गरिरहेका थिए? र, उपचारका लागि विराटनगर जान्छु भनी किन गाउँलेसँग पैसा सापटी लिए? यिनै विषयका फरक तथ्यहरु समेट्नेछौं। प्रतीक्षा गर्नुहोस्।

आरुबोटे नरसंहार : नेपाल लाइभका यसअघिका शृंखला
आरुबोटे नरसंहार-१ : नौ जनाको हत्या घटनामा कसरी जोडियो सिसाकाण्ड?

प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्