काठमाडौँ- सरकराले अवलम्बन गर्नुपर्ने परराष्ट्र नीतिका सम्बन्धमा राष्ट्रिय संवाद गर्ने भएको छ। परराष्ट्र मन्त्रालयको आयोजनामा उक्त संवाद असार १४ गते आयोजना हुनेछ।
मुलुकले अवलम्बन गर्नुपर्ने परराष्ट्र नीतिका सम्बन्धमा देशभित्र एक साझा दृष्टिकोण तयार पार्ने उद्देश्यले संवाद गर्न थालिएको आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।
एक दिने उक्त संवाद कार्यक्रममा नेपालका राजनीतिक दलहरू, परराष्ट्र मामिलाका क्षेत्रमा अध्ययन अनुसन्धानरत संस्थाहरू एवं परराष्ट्र मामिला विज्ञहरूको सहभागी हुने छन्।
संवादले संविधानको मर्म एवं भावना अनुरूप अहिलेको विश्व परिवेशलाई सुहाउँदो परराष्ट्र नीति निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।