दाङ- दाङमा बस दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन्। नारायणगढबाट महेन्द्रनगरका लागि छुटेको ना६ख १२६४ नम्बरको बस लमही नगरपालिका-९, रिहार नजिक दुर्घटना हुँदा १० यात्रु घाइते भएका हुन्।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
सामान्य घाइते भएका यात्रुहरुको लमहीमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि बाँकेको नेपालगञ्ज लगिएको छ।
गम्भीर घाइते हुनेमा टिकापुर-८ बस्ने वर्ष ६५ का भागीराम डगौरा, उनकी श्रीमती वर्ष ६० की बेज्या चौधरी, कैलाली लम्किचुहा-६ बस्ने वर्ष ३५ का कृष्ण भण्डारी र डडेलधुरा अम्मरगढी २ बस्ने वर्ष ५० का गोपा सार्की रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।