काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको दाबेदार मानिएको इंग्ल्यान्डले पहिलो खेलमा दक्षिण अफ्रिकलाई हरायो। पाकिस्तानका लागि भने विश्वकपमा राम्रो सुरुवात हुन सकेन। लगातार एघारौं एकदिवसीय खेलमा पराजित हुने क्रममा पाकिस्तानले वेस्ट इन्डिजविरुद्ध कमजोर खेल देखाएको थियो।
यस्तो स्थितिमा पाकिस्तानले सोमबार इंग्ल्यान्डसँग खेल्नेछ। नटिङघममा हुने खेल दिउँसो सवा तीन बजे सुरु हुनेछ।
पाकिस्तान र इंग्ल्यान्डबीच पाँच खेलको एकदिवसीय सिरिज सकिएको एक महिना पनि पूरा भएको छैन। सो सिरिजको पहिलो खेल वर्षाले प्रभावित हुँदा पछिल्ला चार खेलमा जित हात पारेर इंग्ल्यान्डले ४-० ले सिरिज कब्जा गरेको थियो। जसले पाकिस्तानविरुद्ध इंग्ल्यान्ड आत्मविश्वासी छ। बेन स्टोक्स, इयान मोर्गान, जासन रोए र जोए रुट उच्चमा फर्ममा छन्। उनीहरु प्रत्येक खेलमा रन बनाउन सकिरहेका छन्।
पाकिस्तानका लागि इंग्ल्यान्डविरुद्ध खेल महत्वपूर्ण छ। वेस्ट इन्डिज जस्तै इंग्ल्यान्डविरुद्ध पनि ब्याटिङ युनिट ध्वस्त हुने भन्ने चिन्ता छ पाकिस्तानी टिममा। किनकी इंग्ल्यान्डमा लियाम प्लुङ्केट, जोर्फा आर्चर र मार्क उड जस्ता प्रतिभाशाली बलर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।