धनगढी- गर्मी बढेपछि धनगढी उप–महानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय एक साताका लागि बिदा दिने निर्णय गरेको छ।
बढ्दो गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जानमा समस्या हुन थालेपछि २० गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ।
हिउदे वा वर्षे विदामा कटौती गर्ने गरी विद्यालय बन्द गरिएको उप-महानगरपालिकाले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।