ललितपुर- ललितपुरको धोबीघाटमा भएको सडक दुर्घटनामा तत्कालीन प्रेस सेन्टर काठमाडौँका अध्यक्ष गोविन्द शर्माको मृत्यु भएको छ। उनीसँगै मोटरसाइकल चालक चन्द्रमणि मुडभरीको पनि मृत्यु भएको छ।
आइतबार दिउँसो साढे ३ बजे स्कोरपियो र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।
सातदोबाटोबाट बल्खु आउँदै गरेको स्कोरपियो र विपरीत दिशाबाट आएको मोटरसाइकल आपसमा ठोकिएका महानगरीय ट्राफिक प्रहरी प्रभाग सानेपाका प्रमुख (प्रहरी नायब निरीक्षक) हरिसिंह धामीले बताए।
उनका अनुसार मोटरसाइकल चालक मुडभरी र पछाडि बसेका शर्मा दुवैको टाउकामा चोट लागेको थियो।
घाइते दुवैलाई पहिले मेघा अस्पताल लगिएको र अस्पतालले रिफर गरेर नर्भिक अस्पताल पठाएको उनले बताए।
'नर्भिक अस्पताल पुगेको केही समयमा उहाँहरुको मृत्यु भएको थियो,' उनले भने।
स्कोरपियोका चालकलाई नियन्त्रणमा लिइएको प्रभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।