काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) सप्तकोशी नगरपालिकाका मेयरसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी, वन क्षेत्रमा अनधिकृत ढल निकास मार्ग निर्माण गरेको आरोप ।
२) प्रेस र न्यायालयलाई स्वतन्त्र नछोडे राणा, पञ्चायत र राजा जस्तै कम्युनिस्टहरुलाई पनि हटाउने देउवाको चेतावनी ।
३) सरकारको आधार वर्षपछिको बजेटले इतिहास निर्माण गर्ने बाटो समात्न नसकेको मीनेन्द्र रिजालको टिप्पणी ।
४) इंग्लिस क्लब लिभरपुललाई युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि, लिभरपुल बन्यो १४ वर्षपछि युरोपियन च्याम्पियन ।
५) र, चीनले शनिबारदेखि लागू हुने गरी केही अमेरिकी उत्पादनमाथि भन्सार कर वृद्धि, ६० अर्ब अमेरिकी डलरका आयातित सामानमध्ये केहीका लागि छुट्टाछुट्टै थप कर उठाउने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।