राजविराज– सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका-२ मा भैसी चराउँदै गरेका एक वृद्धको करेन्ट लागेर मृत्यु भएको छ।
हनुमाननगर कंकालिनी नगरपालिका-३ का ६५ वर्षीय सुसिन्द्र पघैया यादवको करेन्ट लागेर मृत्यु भएको स्थानीयले जानकारी दिए।
कम्मर मुनिको भाग पानीमा डुबेको र कम्मरमाथिको भाग पानी बाहिर रहेको अवस्थामा वृद्धको शव फेला परेको राजु शर्माले जानकारी दिए।
विद्युत पोलबाट लत्रिएको तार खेतमै रहेकाले वृद्धलाई करेन्ट लागेको हुनसक्ने उनको अनुमान छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको मुचुल्का तयार भईरहेको जनाउँदै करेन्टकै कारण मृत्यु भएको आशंका गरिएपनि पुष्टि हुन बाँकी रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।