इनरुवा– प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये जितको छिनोफानो हुन बाँकी एकमात्र क्षेत्र सुनसरीको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले पछिल्लो समयमा अग्रता लिन थालेका छन्।
ताजा अवस्थामा गच्छदारले नेकपा एमालेकी भगवती चौधरीलाई ५ सय १९ मतले पछाडि पारेका छन्। सुनसरी ३ मा जम्मा ८५ हजार १९७ मत खसेकोमा ७८ हजार ३ सय ९१ मत गणना भएको छ भने अब ६ हजार ८ सय ६ मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ।
पछिल्लो अपडेट:
विजयकुमार गच्छदार (कांग्रेस) ३६,०८०
भगवती चौधरी (एमाले) ३५,५६१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।