काठमाडौं– प्रतिनिधिसभाको समानुपातिकतर्फको एक करोड ५ लाख ८७ हजार ५ सय २१ मतमध्ये अहिलेसम्म ४९ लाख ५ हजार ९ सय ४२ मत गणना भइसकेको छ।
समानुपातिकमा नेकपा एमालेको अग्रता रहिरहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले दूरी कम गर्दै लगेको छ। बुधबार बिहान साढे चार बजेसम्मको गणनामा एमालेभन्दा कांग्रेस ८५ हजार ८ सय ५७ मतले पछाडि छ।
केही समयअघि पाँचौं स्थानसम्म उक्लिएको विवेकशील पछिल्लो गणनामा आइपुग्दा सातौंमा झरेको छ।
बिहान साढे चार बजेसम्म कुन दलको कति मत?
एमाले– १७ लाख ३४ हजार ६ सय ६६
कांग्रेस– १६ लाख ४८ हजार ८ सय ९
माओवादी केन्द्र– ६ लाख ८६ हजार ४ सय ६३
संघीय फोरम– १ लाख ९२ हजार ३ सय ६६
राजपा– १ लाख ३८ हजार २ सय ३७
राप्रपा– १ लाख १२ हजार १ सय १५
विवेकशील साझा– १ लाख ९ हजार ३ सय ३६
नयाँ शक्ति– ५१ हजार ८ सय २
राप्रपा (प्रजातान्त्रिक)– ३८ हजार २ सय २४
राष्ट्रिय जनमोर्चा– ३३ हजार १ सय ६१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।