काठमाडौं– प्रतिनिधिसभाको समानुपातिकतर्फको एक करोड ५ लाख ८७ हजार ५ सय २१ मतमध्ये अहिलेसम्म ४८ लाख ४४ हजार ९ सय ६७ मत गणना भइसकेको छ।
समानुपातिकमा पनि एमालेको अग्रता कायमै छ। यद्यपि कांग्रेसले एमालेसँग मतको अन्तर घटाउँदै लगेको छ। केही अगाडि कांग्रेसभन्दा एमाले ९१ हजार ५ सय १० मतले अगाडि रहेकोमा बुधबार बिहान सवा २ बजेसम्मको गणनामा मतको अन्तर ८६ हजार ४ सय ९० छ।
यसअघिको गणनामा छैटौं स्थानमा उक्लिएको विवेकशील साझा फेरि सातौं स्थानमा धकेलिएको छ।
अहिलेसम्म कुन दलको कति मत?
एमाले– १७ लाख १७ हजार १ सय ६३
कांग्रेस– १६ लाख ३० हजार ६ सय ७३
माओवादी केन्द्र– ६ लाख ८० हजार ४ सय १४
संघीय फोरम– १ लाख ८८ हजार ६७
राजपा– १ लाख ३२ हजार ३३
राप्रपा– १ लाख ११ हजार ३ सय ४५
विवेकशील साझा– १ लाख ७ हजार ३ सय ८१
नयाँ शक्ति– ५० हजार ७ सय ६८
राप्रपा (प्रजातान्त्रिक)– ३७ हजार ६ सय ६४
राष्ट्रिय जनमोर्चा– ३२ हजार ८ सय ४३
अन्य- १ लाख ५६ हजार ६ सय १६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।