इनरुवा– प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये जितको छिनोफानो हुन बाँकी एकमात्र क्षेत्र सुनसरीको क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा रोचक बनिरहेको छ।
ताजा अवस्थामा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिएका छन्। अघिल्लो मतगणनामा ४४ मतले पछि परेका गच्छदार पछिल्लो मतगणना अनुसार ३ सय ११ मतले अगाडि छन् ।
गच्छदारले ३४ हजार ३ सय ६२ मत ल्याएका छन् भने नेकपा एमालेकी भगवती चौधरीको ३४ हजार ५१ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।