काठमाडौं– प्रतिनिधिसभाको समानुपातिकतर्फको एक करोड ५ लाख ८७ हजार ५ सय २१ मतमध्ये ४६ लाख २० हजार ३३ मत गणना भइसकेको छ।
समानुपातिकमा पनि एमालेको अग्रता कायमै छ। एमाले कांग्रेसभन्दा ९१ हजार ५ सय १० मतले अगाडि छ। यसअघि ९४ हजारको मतान्तर थियो। यसअघि चौथो हुँदै सातौं स्थानमा झरेको विवेकशील साझा छैटौं स्थानमा उक्लिएको छ।
हालसम्म चार वटा पार्टीले मात्र ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सफल भएका छन्। एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्र गणनाको ३ प्रतिशत मत ल्याएका छन्।
अहिलेसम्म कसको कति मत?
एमाले– १६ लाख ५२ हजार ८ सय
कांग्रेस– १५ लाख ६१ हजार २ सय ९०
माओवादी केन्द्र– ६ लाख ५३ हजार ९ सय ८३
संघीय फोरम– १ लाख ६८ हजार १ सय ९३
राजपा– १ लाख १३ हजार ५ सय ३७
विवेकशील साझा– १ लाख २ हजार ५ सय २
राप्रपा– ९६ हजार ४ सय ७६
नयाँ शक्ति– ४९ हजार ५ सय ९४
राप्रपा (प्रजातान्त्रिक)– ३५ हजार ४ सय ३०
राष्ट्रिय जनमोर्चा– ३२ हजार ९२
अन्य- १ लाख ४६ हजार ८ सय ५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।