• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

६ नेता : मतले हारे तर मनले हारेनन्

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २६, २०७४  २२:३०
1140x725

काठमाडौँ– सामान्यतः निर्वाचनमा पराजित भएपछि नेपालमा उम्मेदवारहरुले भन्ने गर्छन्, “जालझेल गरेर हराइयो । ” नेपालमा राजनीतिक संस्कार र संस्कृतिको विकास हुन सकेको छैन । 

धाँधली, जालझेल तथा अनियमितताका आधारमा निर्वाचन जितेको जनाउँदै हार्नेले जित्नेलाई सत्तोसराप गर्ने संस्कृति हट्न सकेको छैन, जबकि संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिका उम्मेदवारले हार्ने निश्चित भएपछि तुरुन्तै विजयीलाई बधाई दिने चलन छ ।

नेपालमा पनि केही नेता यस्ता देखिएका छन्, जसले राजनीतिक संस्कार मात्रै होइन, आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई आधिकारिक रुपमा विजयी हुनुभन्दा पहिल्यै गएर खादा ओढाई बधाईसमेत दिएको पाइएको छ । झापा क्षेत्र नं १ बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार विश्वप्रकाश शर्माले त्यस्तो राम्रो संस्कार देखाए ।                                                                                            

शर्माले आफूसँगै निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका वाम गठबन्धनका उम्मेदवार सुरेन्दकुमार कार्कीलाई विजयी भएकामा बधाई मात्रै दिएनन्, कार्कीको जित आफ्नो पनि जीत भएकामा खुशी व्यक्त गरे। 

मतगणना हुँदै गर्दा धाँधली भएको भन्दै राजधानीमा नै केही उम्मेदवार बहिष्कार गरेर हिँडिरहेका बेला झापामा काँग्रेस उम्मेदवार शर्माले देखाएको राजनीतिक संस्कार तथा सौहार्द अरुका लागि समेत अनुकरणीय बन्न पुगेको छ । शर्माले आफ्ना प्रतिस्पर्धीलाई खादा ओढाए, माला लगाए र सेल्फी पनि खिँचे । 

सामाजिक सञ्जालहरुमा भाइरल भएको शर्मा र कार्कीको सेल्फीभित्र उच्च राजनीतिक संस्कार देखिएको छ । निर्वाचन प्रचारप्रसारका समयमा समेत कार्की र शर्माले चर्का कुरा गरेनन्। स्वच्छ राजनीतिक प्रतिष्पर्धा गर्छौं भन्दै सार्वजनिक रुपमा नै प्रतिबद्धता जनाए । दुवै उम्मेदवारले झापामा देखाएको संस्कार अरु उम्मेदवारले पनि सिक्नु जरुरी छ । 

झापा–१ बाट नेकपा(माओवादी केन्द्र)बाट उम्मेदवार बनेका  कार्की ३६ हजार १७३ मतका साथ विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार शर्माले ३३ हजार ३१० मत प्राप्त गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

“हामीले हार्दा पनि जित्दा पनि सहज रुपमा लिन सक्नुपर्छ । नेपाली जनताले फैसलालाई स्वीकार गर्नुपर्छ भन्ने संस्कार सिकाउन नै मैले राम दाइलाई बधाई दिएको हुँ”, शर्माले मतगणनास्थल बाहिर सञ्चारकर्मीलाई बताए। 

शर्माको अनुहारमा हारको कुनै चिन्ता थिएन, उनी आफू पनि विजयी भएको भन्दै खुशी बाँडिरहेका थिए । आफ्नै बारीको फूलको माला उनेर नवनिर्वाचित सांसद कार्कीलाई पहिर्‍याए। 

आफूसँग पराजित काँग्रेस नेता शर्मा पनि विजयी भएको भन्दै माओवादी केन्द्रका नेता तथा नवनिर्वाचित सांसद कार्कीले ‘आजको समाजवाद’ नामक  पुस्तक उपहार दिने बताए। सांसद कार्कीले भने, “मेरो विजय विश्वप्रकाशको पनि हो, नेपाली जनताको हो ।”
  
यस्तै ओखलढुंगामा वाम गठबन्धनका उम्मेदवार यज्ञराज सुनुवार विजयी भएपछि शुभकामना दिएर आफ्नो पनि जीत भएको बताउनेमा काँग्रेस उम्मेदवार रामहरि खतिवडा पनि देखियो । उनले नेकपा(एमाले)का सुनुवारको जित सबैको जित भएको, प्रजातान्त्रिक पद्धतिको जित भएको बताए । उनले भने, “समृद्ध ओखलढुंगा बनाउन यो जीत सार्थक होस् । मैले आफूले जितेको जस्तै महसुस गरिरहेको छु ।” 

Nepal Live

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

असल राजनीतिक संस्कार देखाउनेमा अर्का काँग्रेस नेता चन्द्र भण्डारी पनि दिखिए। भण्डारीले आफ्ना प्रतिष्पर्धी एमालेका सचिव प्रदीप ज्ञवालीलाई विजयप्रति शुभकामना दिँदै भने, “प्रजातान्त्रिक पद्धतिमा हारजीत स्वाभाविक हो । एक अर्काले कसैलाई पनि मन दुखाउने काम गर्नुहुँदैन । यसलाई मनन गर्नुहोला । गुल्मीको विकास र समृद्धिमा सहकार्य गरेर अगाडि बढौँ ।” भण्डारीले नवनिर्वाचित सांसद ज्ञवालीको जीतलाई आफ्नो पनि विजय भएको जनाउँदै खुशी बाँड्दै हिँडेका छन्। 

यस्तै डडेल्धुराबाट काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित वाम गठबन्धनका उम्मेदवार खगराज भट्टले आफ्ना प्रतिष्पर्धीलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले आफूलाई मतदान गर्ने डडेल्धुरावासीप्रति सदैव कृतज्ञ रहने बताउँदै सुखदुःखमा सधैँ साथ दिने प्रतिज्ञा गरे। 

यस्तै गोरखामा वाम गठन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि आफ्ना प्रतिष्पर्धी डा बाबुराम भट्टराईलाई विजयको शुभकामना दिए । उनले सामाजिक सञ्जालमा समेत डा भट्टराईको जीतलाई स्वाभाविक रुपमा लिँदै गोरखालीको फैसलालाई आफूले सहज रुपमा लिएको बताए। 

विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार रवीन्द्र मिश्रले समेत नवनिर्वाचित सांसद प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना दिएर राजनीतिक संस्कार देखाए। 

पाँच पटक अर्थमन्त्री हुनुभएका डा रामशरण महतले  निर्वाचनमा पराजय भोगपछि आफ्ना प्रतिष्पर्धी वाम गठबन्धनका उम्मेदवार हितबहादुर तामाङलाई बधाई तथा शुभकामना दिए । उनले २३ वर्षमा लगातार चार पटकको संसदीय निर्वाचनमा यस पराजयलाई परिवर्तनको जनचाहना भनी टिप्पणी गरे। यसरी राजनीतिक संस्कार देखाउने उम्मेदवार थोरै मात्र देखिएका छन् जसले आफू हारेर पनि जीतेको महसुस गरेका छन् ।   (रासस) 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  २२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्