सप्तरी- सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा ५ घर जलेर नष्ट भएको छन्।
राशिन्द्र यादवको घरमा विद्युत चुहावटका कारण भएको आगलागीमा यादवको एक घरसहित काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर पूर्णरूपमा जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ।
आगलागीमा परी अन्नपात, लत्ताकपडा, भाँडावर्तन, पम्पिङ सेटसहित सरसामान जलेर नष्ट हुँदा करीब ७ लाख बराबरको क्षति भएको पीडितहरुले जनाएका छन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको वारूण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।