प्रतीकात्मक तस्बिर
जनकपुर- महोत्तरीको भंगहा नगरपालिका-४ स्थित रमेश महतोले सञ्चालन गरेको जय माँ पञ्चधुरा वासिङ सेन्टरमा शनिबार दिउंसो लुटपाट भएको छ।
करीब ३०/३५ जनाको समूहमा आएको स्थानियबासीले क्रसर उद्योगको कार्यलयमा तोडफोड गर्दै ९ लाख तिन हजार नगदसहित सामसुङ कम्पनीका मोबाईल-३ थान र एप्पल कम्पनीको आइफोन-१ थान लुटेर लगेको क्रसर सञ्चालक महतोले बताए।
उनका अनुसार नगरपालिकाले रातु खोलाबाट गिट्टी बालुवा निकासीको ठेक्का मिति २०७५/११/१३ मा पञ्चधुरा मोटर पार्टस एण्ड खाद्यान्न सप्लायर्सलाई ठेक्का लगाए पनि स्थानियबासी र नगरपालिकाले नदि उत्खन्नमा पटक-पटक रोक लगाउदै आएको थियो।
यता ठेकेदार कम्पनीले सहज रुपमा नदि उत्खन्न गर्न पाउनुपर्ने माग राखेर गत १३ गते उच्च अदालत जनकपूरमा मुद्दा दर्ता गराएको थियो। सोही मुद्दालाई सदर गर्दै उच्च अदालत जनकपूरले १४ गते क्रसर उद्योगको पक्षमा मुद्दाको फैसला गरेपछि नदि उत्खन्न सुरु भएको थियो।
उच्च अदालतले फैसला गरेपनि क्रसर व्यवसायीहरुलाई स्थानियले खोला उत्खन्न नगर्न चेतावनी दिंदै आएकोमा शनिबार दिउंसो स्थानियले वासिङ सेन्टरको कार्यलयमा तोडफोड गर्दै लुटपाट मच्चाएका हुन्।
घटनाको विषयमा जिल्ला प्रहरी कार्यलय महोत्तरीले अनुसन्धान गरिरहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।