जनकपुर- धनुषामा ट्र्याक्टर दुर्घटनमा परी एक जनाको मृत्यु भएको छ।
धनुषाको सबैलामा ट्याक्टर दुर्घटना हुँदा सबैला नगरपालिका-१० मिसरपट्टीका २० वर्षीय ट्र्याक्टर चालक राकेश यादवको मृत्यु भएको हो।
सबैला नगरपालिका-५ मखनाहामा शनिबार दिउँसो साढे १२ बजेतिर ज २ त १००२ नम्बरको ट्याक्टर तीव्रगतिका कारण सडक छेउमा पल्टेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
ट्याक्टर दुर्घटनामा परेपछि चालकको घट्नास्थलमै मृत्यु भएको हो।
मृतकको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको धनुषा प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।