काठमाडौँ- राजधानी काठमाडौँको असनचोकमा रहेको पुरातात्विक र ऐतिहासिक महत्वको घडीघर बचाउन हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ।
गुठी संस्थानले पुरातात्विक र ऐतिहासिक महत्वको असनकोठी अर्थात् घडीघर भत्काई अत्याधुनिक व्यवसायिक भवन निर्माणका लागि सहकारी संस्थालाई दिने सम्झौता गरेपछि स्थानीय त्यसको विरोधमा उत्रिएका हुन्।
गुठी संस्थान अन्तर्गत रहेको सो घडीघरमा १४ परिवार बस्दै आएका छन्। तीनका पुर्खा पनि सोही घरमा बसेका थिए। अहिले ११ परिवारले सो घडीघरमा पसल पनि संचालन गरेका छन् भने ३ परिवारले बसोबासका रुपमा मात्रै प्रयोग गर्दै आएका छन्। २०७० साल फागुन ८ गते बालतिरुन्जेल सन्तान दरसन्तानले भोगचलन गर्न पाउने गरी आफूहरुसंग करार सम्झौता गरेको गुठी संस्थानले थाहै नदिई व्यवसायिक प्रयोजनका लागि भवन निर्माण गर्न बज्रयोगिनी बहुउेश्यीय सरकारी संस्था दिने सम्झोता गरेको छ। सो भवन भएको स्थान २५ वर्षका लागि दिने सम्झौता गरेपछि आफूहरु आन्दोलनमा उत्रिएको हस्ताक्षर संकलन अभियान एक सञ्जिव बज्राचार्यले बताए।
घडीघरको भूँईतलामा अमिताभ बुद्धको मुर्ति छ। हरेक वर्ष पञ्चदानको अघिल्लो दिन सो स्थानमा होम, यज्ञ गरेर भोज खाई पञ्चदानका दिन शाक्यमुनि बज्राचार्यलाई भिक्षा दिने काम हुँदै आएको छ। पुरातत्व विभागले अमिताभ बुद्धको मुर्ति ५ सय बर्ष पुरानो भएको प्रमाणित गरिसकेकाले विभागको स्वीकृति विना गुठी संस्थानले ऐतिहासिक महत्वको भवन भत्काउन नपाउने दाबी स्थानीयवासीको छ।
घडीबरबासी र अनसनका स्थानीयले गुठी संस्थानको निर्णय विरुद्ध असनमा विरोध सभा गर्दै आएका छन्। उनीहरुले कुनै पनि अवस्थामा ऐतिहासिक महत्वको घडीघर भत्काउन नदिने चेतावनी दिएका छन्।
घडीघरवासीले विक्रम सम्वत् १८८५ र १९९० सालमा घर भत्किँदा गुठी संस्थानले ‘तिमीहरु नै बस्ने हो, आफैँ मर्मत गर’ भनेकाले आफूहरुले नै मर्मत गरेर बस्दै आएको घडीघरबासीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।