धनगढी- कैलालीको भजनीमा एक जना बालिकाको नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको गुजरात जामनगरका शिव सोनीकी १० वर्षकी छोरी एकता रहेको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो २:३० बजे भजनी ३ कुसुमघाटको मोहना नदीमा नुहाउने क्रममा उनको मृत्यु भएको भजनी इलाका प्रहरी कार्यलयले जानकारी दिएको छ।
सोनी परिवार उनीहरु हाल कैलालीको भजनी नगरपालिका ३ कुसुमघाटमा बस्दै आएका छन्। मृतक बालिकाको शव भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम गरेर आज आफन्तको जिम्मा लगाइसकेको भजनी इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।