• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पर्सा ३ का सांसद तथा ठेकेदार हरिनारायण रौनियारको कम्पनीलाई सिक्टा सिँचाइको सार्वजनिक सूचना : काम तत्काल सुरु गर

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २६, २०७४  १७:३९
1140x725

नेपालगञ्ज– राष्ट्रिय गौरवको आयोजनामध्येको बाँकेको सिक्टा सिँचाइ आयोजना अन्तर्गत डुडुवा नहर प्रणाली निर्माणको काम निर्माण कार्य सुरु भएको डेढ वर्षमा करिब २ प्रतिशत मात्रै अघि बढेको छ।

नहर निर्माणको काम लक्ष्य अनुसार नगरेको भन्दै आयोजनाले पर्सा क्षेत्र नम्बर ३ का नवनिर्वाचित सांसद एवं निर्माण व्यवसायी हरिनारायण प्रसाद रौनियारको फर्मलाई तत्काल काम अघि बढाउन भनेको छ।

आयोजनाले अंग्रेजी दैनिक रिपब्लिकामा १५ दिने सार्वजनिक सूचना जारी गर्दै तत्काल काम सुरु गर्न आग्रह गरेको आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश कार्कीले बताए।

पप्पु कन्स्ट्रक्सन प्रालिका मालिक रौनियार संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हुन्। रौनियार हालैको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट १५ हजार १ सय ५८ मत पाएर विजयी भएका हुन्।

रौनियारले कोस्टल/पप्पु जेभी मार्फत सिक्टा सिंचाइ आयोजना अन्तर्गत डुडुवा नहर प्रणाली निर्माणको कामको ठेक्का लिएका थिए। 

कोस्टल/पप्पु जेभीले ३२.२ किलोमिटर नहर निर्माण तथा सिक्टाको मूल नहरलाई डुडुवा शाखा नहरसँग जोड्ने संरचना निर्माण लगायत काम गर्नेगरी ९८ करोड ८१ लाखमा १९ डिसेम्बर २०१८ सम्म काम पूरा गर्न ठेक्का लिएको थियो। सो संरचना निर्माण भएपछि त्यस क्षेत्रको १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने आयोजनका इञ्जिनियर कार्कीले बताए।

तर, निर्माण पूरा गर्ने अवधिको करिब ६० प्रतिशत समय सकिए पनि निर्माण कम्पनीले करिब २ प्रतिशत मात्रै काम गरेकाले आयोजनाको काम अपलत्र परेको छ।

निर्माण कम्पनीले नहर निर्माणका लागि ढुंगा–गिट्टीको अभाव भएको, नहर क्षेत्रमा पर्ने रुखहरु नकाटिएको, नहर क्षेत्रको जग्गाको मुआब्जा वितरण समयमा नभएको जस्ता कारण देखाएर नहर निर्माणको काम नगरी उल्टै आयोजनासँग क्षतिपूर्ति दाबी गर्दै आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

निर्माण कम्पनीले समयमै काम नगर्दा मूल नहर निर्माण भए पनि त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट वञ्चित भएका छन्। निर्माण कम्पनीले लक्ष्य अनुसारको काम गरेको भए हालसम्म डुडुवा नहरबाट त्यस क्षेत्रको करिब ५ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्थ्यो।

सो क्षेत्र बाँकेको क्षेत्र नम्बर २ र प्रदेशको निर्वाचन क्षेत्र ‘क’ मा पर्छ। संयोग कस्तो परेको छ भने, ती दुवै क्षेत्रमा निर्माण व्यवसायी हरिनारायण रौनियार आबद्ध रहेकै पार्टी संघीय समाजवादी फोरमकै उम्मेदवारलाई विजयी गराएका छन्।

प्रतिनिधिसभाको क्षेत्र नम्बरमा २ फोरमका इस्तियाक राई र प्रदेशबाट पनि फोरमकै विजय यादव विजयी भएका हुन्।

विकास र समृद्धिको नाराका साथ चुनावमा विजयी भएका राईलाई आफ्नै पार्टीका नेता, सांसद एवं निर्माण व्यवसायी रौनियारले लक्ष्य अनुसारको काम नगर्दा त्यहाँका जनताले खेप्नुपरेको समस्या समाधान गर्नुपर्ने चुनौती पनि थपिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफ्ना मतदातालाई धन्यवाद दिन डुडुवा पुगेका सांसद राईले निर्माण व्यवसायी, सांसद एवं पार्टीका नेता रौनियार तथा सिक्टा सिंचाइ आयोजनासँग समन्वय गरेर तत्कालै रोकिएको निर्माणको काम अघि बढाउने बताए।

बाढीको बेला नहरको संरचना भत्किनेदेखि निर्माण व्यवसायीले समयमै काम नगरिने समस्याका कारण निर्माण सुरु भएको ११ वर्ष बितिसक्दा पनि सिक्टा सिँचाइबाट बाँकेका जनताले सिँचाइ सुविधा पाउन सकेका छैनन्।

बाँकेको कुल खेतीयोग्य जमिनमध्ये करिब ७२ प्रतिशत क्षेत्रमा सिँचाइको भरपर्दो सुविधा छैन। सिँचाइ सुविधा नहुँदा बाँकेका किसान बर्सेनि खडेरीको समस्या खेप्दै आएका छन्। आयोजना बनेर किसानको आर्थिक समृद्धिको ढोका खोल्ने अपेक्षा गरिए पनि निर्माण कार्य लम्बिने र नहरहरु सञ्चालन नै नहुँदै पटकपटक भत्किएकाले किसान निराश हुन थालेको सिक्टा सिँचाइ जल उपभोक्ता समिति बाँकेका अध्यक्ष शालिकराम डाँगीले बताए। 

बाँकेको करिब ३४ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्याोउने लक्ष्यका साथ नेपाल सरकारले आफ्नै लगानीमा ०६३ माघबाट सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु गरेको हो। तर, राजनीतिक अस्थितरता, आयोजनामा हुने राजनीतिक हस्तक्षेप तथा निर्माण कम्पनीहरुको लापरबाहीका कारण निर्माण थालिएको एक दशक बितिसक्दा पनि किसानले अझैसम्म आसैआसमा बस्नुपरेको छ। 

निर्माण सुरु गर्दा करिब १२ अर्ब ८० करोड रुपैयाँको लागतमा ०७० सालको माघसम्म नहरको मुख्य निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको थियो। तर, ०७४ सालको असारसम्म १३ अर्ब १३ करोड ५४ लाख खर्च भइसक्दा पनि नहर निर्माणको काम करिब ५३ प्रतिशत मात्रै पूरा भएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्