काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा केही रोचक नजिताहरु सार्वजनिक भएका छन्। वाम, लोकतान्त्रिक र मधेसी गठबन्धनबीच धुव्रीकृत निर्वाचनमा कतै थोरै त कतै धेरै मतले हारजित भएको छ। केही निर्वाचन क्षेत्रका उम्मेदवारले ५० हजारभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्।
१ सय ६५ क्षेत्रमा ६ क्षेत्रका उम्मेदवारले आधा लाख जनताको मत पाए। यसरी ५० हजारभन्दा माथि मत पाउनेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका ४ र माओवादी केन्द्रका २ उम्मेदवार छन्।
यी हुन् आधा लाखभन्दा धेरै मत पाउने विजयी उम्मेदवार
१. केपी शर्मा ओली (एमाले) झापा ५ – ५७ हजार १ सय ३९
२. पार्वत गुरुङ (एमाले) दोलखा – ५५ हजार ४ सय ५७
३. गोकुल बाँस्कोटा (एमाले) काभ्रे २ – ५४ हजार ४ सय २७
४. सुरेन्द्र पाण्डे (एमाले) चितवन १ – ५१ हजार ८०
५. टोपबहादुर रायमाझी (माओवादी केन्द्र) अर्घाखाँची – ५० हजार ८ सय ३७
६. सन्तकुमार थारु (माओवादी केन्द्र) बर्दिया – ५० हजार ५ सय ५५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।