गोरखा– प्रदेश ४ मा प्रतिनिधिसभाका १८ निर्वाचन क्षेत्रमध्ये १६ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। १६ मध्ये एमालेले ११ स्थान जितिसकेको छ भने स्याङ्जामा जारी मतगणनामा दुवै क्षेत्रमा उसले अग्रता लिइरहेको छ।
यस्तै, माओवादी केन्द्रले ३ सिट जितेको छ भने प्रदेश ४ मा नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीले १/१ स्थान जितेका छन्। कांग्रेसका हस्तीहरु हार्दा तीमध्ये प्रदेश ४ का प्रभावशाली उम्मेदवार पनि परे। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा पौडेल नै पराजित भए।
घोषित १६ क्षेत्रको अन्तिम नतिजा अनुसार कसले कहाँ जिते ?
एमाले (११)
कास्की १ – खगराज अधिकारी
कास्की २ – रवीन्द्र अधिकारी
कास्की ३ – जगतबहादुर सुनार (विश्वकर्मा)
तनहुँ १ – कृष्णकुमार श्रेष्ठ
तनहुँ २ – केदार सिग्देल
बाग्लुङ १ – सूर्यप्रसाद पाठक
मनाङ – पोल्देन छोपाङ गुरुङ
मुस्ताङ – प्रेमप्रसाद तुलाचन
पर्वत – पदम गिरी
म्याग्दी – भुपेन्द्रबहादुर थापा
नवलपरासी पूर्व २ – तिलबहादुर महत
एमालेले अग्रता लिइरहेका क्षेत्र (२)
स्याङ्जा १ - नारायणप्रसाद मरासिनी
स्याङ्जा २ - पद्माकुमारी अर्याल
माओवादी केन्द्र (३)
लमजुङ – देवप्रसाद गुरङ
गोरखा १ – हरिराज अधिकारी
बाग्लुङ २ – देवेन्द्र पौडेल
नेपाली कांग्रेस
नवलपरासी पूर्व १ – डा. शशांक कोइराला
नयाँ शक्ति
गोरखा २ – डा. बाबुराम भट्टराई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।