धनगढी- कञ्चनपुरको महेन्द्रनगर ट्राफिक चोकमा चालकबाट यात्रु कुटिएका छन्। से१ज १०९४ नम्बरको गाडीका चालक बेदकोट नगरपालिका-१, सिसैयाका गोकुल बोहराले सडकमै धनगढी उपमहानगरपालिका-१ की २८ वर्षीय लक्ष्मी धनाडीमाथि कुटपिट गरेका हुन्।
भाडाको विषयलाई लिएर भएको विवादमा चालक बोहराले यात्रु धनाडीमाथि कुटपिट गरेको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले बताए। उनका अनुसार धनगढी महेन्द्रनगर चल्ने उक्त बसका चालक बोहराले यात्रुबाट २ सय रुपैयाँ भाडा मागेपछि विवाद भएको थियो।
‘धनगढी देखि महेन्द्रनगरको भाडा १ सय २० रुपैयाँ छ, चालकले २ सय रुपैयाँ मागेको रहेछ,' उनले भने, ‘यात्रुले बढी भाडा दिँदैनौं भनेपछि चालकले कुटपिट गरेका रहेछन्।’ यात्रुमाथि कुटपिट गर्ने चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बोहराले बताए।
उनले चालक बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको जानकारी दिए। यात्रुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।