काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्स्म्यान दीपेन्द्रसिंह ऐरि क्रिकेटिङ्ग नेपाल डटकमको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् ।
शुक्रबार एक कार्यक्रमकाबीच दीपेन्द्रलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरिएको हो। दीपेन्द्र क्रिकेटिङ्ग नेपालसँग आगामी डिसेम्बरसम्म जोडिनेछन् । यसक्रममा दीपेन्द्रले आफूले सहभागिता जनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा क्रिकेटिङ्गनेपालको स्टिकर आफ्नो ब्याटमा प्रयोग गर्नेछन् ।
दिपेन्द्रले ब्राण्ड एम्बेसेडर बन्न पाउदा खुसी लागेको बताए। सन् २०१७ मा किर्तिपुरमा भएको आईसिसि वल्र्ड क्रिकेट लिग च्याम्पिनयशीप अन्तर्गत केन्याबिरुद्धको खेलबाट डेब्यु गरेपनि दीपेन्द्रले लगातार नेपाली टोलीमा आफ्नो स्थान बनाएका छन्। उनी टी–२० मा पनि नेपालका लागि प्रमुख खेलाडी हुने गर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।