सर्लाही– सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार अमरेशकुमार सिंहले ५ सय ६० मतले अग्रता लिएका छन्। उनी प्रारम्भिक मतगणनादेखि नै राष्ट्रिय जनता पार्टी (राजपा) का राकेशकुमार मिश्रसँग पछाडि पर्दै आएका थिए।
पछिल्लो नतिजाअनुसार राजपा उम्मेदवार मिश्रको १९ हजार ७२७ मत छ भने कांग्रेसका सिंह २० हजार २८७ मतका साथ अग्रता लिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।