काठमाडौं- बिहीबार बिहान भारत गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएर शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन्।
प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। त्यस अवसरमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो।
प्रधानमन्त्री ओलीले स्वदेश फर्कनुअघि शुक्रबार बिहान हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता पनि गरेका थिए।
मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।