राजविराज– हावाहुरीका कारण सप्तरीका विभिन्न स्थानमा गरी ७ लाख मूल्य बराबरको क्षति भएको छ।
बिहीबार बेलुका चलेको हावाहुरीका कारण बोदेबर्साइन-७ का विर्जु मन्डल, चन्देश्वर प्रसाद यादव, विरेन्द्र प्रसाद साह, सन्जिव मन्डल, दिलिप यादव, वडा नम्बर ६ का श्रवन साह, राधादेवी साह, सुर्य नारायण साह, निरसी देवी रायको घरमा क्षति भएको प्रहरीले जनाएको छ।
यसैगरी, रुपनी गाउँपालिका-५ बिसपिट्टीका शिव नारायण खङ्ग, महदेवा गाउपालिका-१, पकरीका शिव नारायण यादवको समेत घर हावाले क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।