राजविराज– ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा सप्तरीमा एक वृद्धाको मृत्यु भएको छ। सुरुङ्गा नगरपालिका-५ की ६५ वर्षिया हदिसा खातुनको मृत्यु भएको हो।
पूर्वपश्चिम राजमार्गस्थित सुरुङ्गा नगरपालिका-५ मा पश्चिम जाँदै गरेको को१ख २१२० नम्बरको ट्रकले सोही दिसामा जाँदै गरेको ना१ज ५५५६ नम्बरको म्याजिकलाई ठक्कर दिँदा म्याजिकमा सवार हदिसा घाइते भएकी थिइन्।
उपचारका लागि सिरहाको लहानस्थित सप्तऋषि अस्पताल भर्ना गरिएकी उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।