• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मेलम्ची खानेपानी अन्योलमा : स्थानीय ठेकेदार भन्छन्- पैसा नपाए काम गर्न दिँदैनौँ, तत्काल भुक्तानी हुँदैन- आयोजना

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १७, २०७६  १९:५२
1140x725

काठमाडौं– राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना निर्माण अन्तिम चरणमा पुगेर इटालियन ठेकेदार कम्पनी सिएमसीले कामबाट हात झिकेपछि हालसम्म काम सुरु हुनेतर्फ वातावरण बन्न सकेको छैन।

सरकारले पटक-पटक सोही कम्पनीलाई काममा ल्याउने प्रयास गरेपनि असफल भएपछि अन्य विकल्पको बारेमा छलफल सुरु भएको छ। केही साता पहिलेको मन्त्रिपरिषद्‌ बैठकले मेलम्ची आयोजनाको बाँकी काम स्थानीय ठेकेदार कम्पनीमार्फत सम्पन्न गर्ने निर्णय भने गरेको थियो। तर, उक्त कार्यको बारेमा ठोस मापदण्ड भने सरकारले सार्वजनिक गर्न सकेको छैन।

स्थानीय ठेकेदारमार्फत आयोजना कसरी अगाडि बढाउने भन्ने विषयमा निष्कर्ष नआउँदै मेलम्चीका स्थानीय भेन्डर(सब ठेकेदार)हरुले भने आफूहरुले पाउनुपर्ने बक्यौता रकम नपाएमा काम गर्न नदिने चेतावनी दिएका छन्। स्थानीय क्षेत्र र सामाग्री प्रयोगदेखि निर्माण व्यवसायीलाई समेत काममा आफूहरुको अवरोध हुने उनीहरुको चेतावनी छ।

सिएमसीअन्तर्गत रहेर काम गरेका ८ सय ५० कामदारले पनि आफूहरुले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन्। मेलम्ची खानेपानी विकास आयोजना पानीपोखरीमा शुक्रवार भएको छलफलमा कर्मचारी र स्थानीय भेन्डरहहरुले आफूहरुको रोकिएको रकम भुक्तानी गरिदिन सरकारसँग सामूहिक माग गरे। उनीहरुले सिएमसीको धरौटी र अन्य जफतबाट सरकारले प्राप्त गरेको रकम आफूहरुलाई दिन आग्रह गरेका हुन्।

मेलम्ची खानेपानी आयोजनामा कर्मचारी र स्थानीय ठेकेदारको करिब १ अर्ब ५० करोड रुपैयाँ बक्यौता रहेको छ।

'ज्यानको बाजी थापेर सुरुङ भित्र काम गरे पनि तलव पाएनौं'

मेलम्ची खानेपानी आयोजानाको सुरुङभित्र ज्यानको बाजी थापेर काम गरेका कामदारको ८ करोड ७४ लाख रुपैयाँ बराबरको तलवभत्ता आफूहरुले नपाएको गुनासो सब ठेकेदार देवी अधिकारीले गरे।

कर्मचारी परिचालनतर्फका ठेकेदार अधिकारीले सुरुङको अन्तिम बिन्दु छिचोल्दा झन्डै ८ जनाले ज्यान गुमाउनु परेको भन्दै यसरी गरेको कामको पारिश्रमिक नपाउनुको कारण आयोजना प्रमुख प्रकाश कँडेलसँग मागे।

nimb
nimb
Ncell 2
Ncell 2

‘मेलम्ची सुरुङको अन्तिम टनेल छिचौल्दै गर्दा देश खुसीमा थियो होला। तर, हामी र कामदारका परिवार पीडामा थियौं,’ अधिकारीले भने, ‘हाम्रा ८ जना कामदार अन्तिम ब्रेक थ्रु हुँदा बेहोस हुनु भएको थियो, यसरी गरेको काममा तलव माग्न हामी पटक-पटक धाउन बाध्य छौं।’ सिएमसीअन्तर्गत काम गरेपछि खानेपानी आयोजनामा तलव वितरणमा सुरुदेखि नै समस्या भएको उनको भनाइ थियो।‍

आफूहरु अहिले पनि काम गर्न तयार रहेको तर पहिला बक्यौता भुक्तानी हुनुपर्ने उनले माग गरे। ‘हामीलाई निरन्तर काम गर्ने वातावरण निर्माण भएको भए बैसाखसम्म पानी सुन्दरीजल आउँथ्यो,’ उनले भने।

स्थानीय भेन्डरको १६ करोड ६७ लाख बक्यौता

मेलम्ची खानेपानी आयोजनाबाट इटालियन निर्माण कम्पनी ‘सिएमसी’ले हात झिकेपछि स्थानीय ठेकेदार तथा व्यापारीहरुको करिब १६ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ।

सिटामोलदेखि रिचार्ज कार्डसम्म उधारो लिएको सिएमसीले सो रकम भुक्तानी नगरी आयोजनाबाट हात झिकेपछि उक्त रकम डुब्ने अवस्थामा पुगेको हो। सिएमसीले अर्थिक संकट देखाउँदै निर्माण कार्यबाट हात झिकेको थियो।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको सिएमसीले निर्माणका क्रममा स्थानीय ठेकेदार तथा व्यापारीबाट सिटामोल, रिचार्ज कार्ड, गिटी, बालुवा, सिमेन्ट, डन्डी, हार्डवेयरका अन्य सामाग्रीहरु, सडक मर्मत, फर्निचरका सामाग्री तथा मेसिन औजार उधारोमा खरिद गरेको थियो।

सिएमसीले निर्माणका क्रममा गिटी, बालुवा, सिमेन्ट, डन्डी, हार्डवेयरका अन्य सामाग्रीहरु र ढुवानी शिर्षकमा उत्सव निर्माण सेवाबाट ४ करोड १० लाख ५८ हजार ४ सय ६८, जाल्पा एन्फाकचर प्रालिबाट ३ करोड ३४ लाख ५ हजार ४ सय ३४ तथा गिटी, राधाकृष्ण हार्डवेयर सेन्टरबाट ३ करोड ३१ लाख १२ हजार ४ सय ६१ र  बुद्ध रोसनी निर्माण एन्ड सप्लायर्सबाट १ करोड ७४ लाख ६६ हजार १ सय ८७ रुपैयाँ उधारो लिएको छ।

राजन एन्ड राजेश मोबाइल हाउसबाट ५ लाख ३० हजार रुपैयाँको रिचार्ज कार्ड खरिद गरिएको छ। अन्य ठेकेदार तथा व्यापारीहरुमा बाहुनीपाटी निर्माण सेवा, खनाल सप्लायर्स, पाल्चोक माई रोडा ढुंगा उद्योग, न्यू गंगा निर्माण सेवा, भावना इन्टरप्राइजेज, एसबी कन्स्ट्रक्सन तथा शुक्र समिललगायत छन्।  सिएमसीलाई उधारो दिएर रकम फिर्ता नपाएका ठेकेदार तथा व्यापारीहरु मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकाका रहेका छन्।

स्थानीय सप्लायर्स राजकुमार भट्टराईले खानेपानी आयोजनाले आफू जिम्मेवार भएको र सामान दिनुस् भनेर आश्वासन दिएको तर अहिले बेवास्ता गरेको गुनासो गरे।

‘हामीले प्रधानमन्त्रीदेखि खानेपानी मन्त्रीसम्म ज्ञापनपत्र बुझाएका छौं,’ उनले भने, ‘हामी ऋण लिएर काम गर्दै आएका छौं, भुक्तानी नपाउँदा हाम्रा सन्तान सडकमा आउने भए, हामीले हामी परिवारसँगै आत्महत्या गर्ने हो।’

उनले आफूहरुको रकम भुक्तानी नगरेसम्म नयाँ ठेकेदार काममा आउन नसक्ने चेतावनी समेत दिए। ‘नयाँ ठेकेदार त छान्नु होला, तर फिल्डमा बालुवा र रोडा कसले दिन्छ? भिरमा र मर्ने अवस्थामा पुगेपछि कसैले पनि गीता र कानुन पढ्दैन।,’ उनले भने, ‘होइन भने नयाँ टेन्डर हुनु अघि स्थानीयको बक्यौता भुक्तानी होस्। नत्र मुठभेड हुनसक्छ। त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने हुन्छ।’

क्रसर व्यवसायी संघका अध्यक्ष किरण थापाले आफूहरुको रकम आयोजनामा फस्दा लुकेर हिड्नुपर्ने अवस्था आएको जिकिर गरे। यस्तो अवस्थामा नयाँ ठेक्का लगाए आफूहरु सहेर नबस्ने उनको चेतावनी थियो। निर्माण व्यवसायी महासंघमा समेत आफूहरुले ठेक्कामा सहभागी नहुन आग्रह गर्ने थापाको भनाइ थियो।

राजनीतिक पार्टीहरुको साथ स्थानीय ठेकेदारलाई

राजनीतिक पार्टीहरुले पनि मेलम्ची खानेपानी आयोजनाले स्थानीय ठेकेदार र कर्मचारीलाई बाँकी रहेको भुक्तानी दिन माग गरेका छन्। नेकपा, नेपाली कांग्रेस र राप्रपाले रकम भुक्तानी नभए स्थानीयका साथमा आन्दोलन गर्न बाध्य हुने स्पष्ट पारेका छन्।

नेकपाका सांसद शेरबहादुर तमाङले यो समस्या छिटो भन्दा छिटो समाधान गर्न आग्रह गरे। स्थानीय ठेकेदारहरु आन्दोलनमा उत्रेमा आफूहरु बाध्य भएर आयोजनाको विपक्षमा उभिनु पर्ने हुनसक्नेतर्फ उनले सचेत गराए।

त्यस्तै राप्रपाका क्षेत्रिय अध्यक्ष फडिन्द्र दाहालले राजनीतिक दल आयोजना विरोधी नभएको तर कामदारको पक्षमा उभिँदा आन्दोलन हुनसक्ने तर्क गरे। अहिलेको अवस्था हेर्दा आयोजना काठमाडौं नै नपुग्ने हो कि भन्ने शंका उठिरहेको भन्दै उनले मेलम्चीमा दुःख गरेका सबैको भुक्तानी समयमा गरिदिन आग्रह गरे। भुक्तानी नगरी नयाँ ठेक्का सुरु भएमा निर्माण व्यवसायी महासंघ सिन्धुपाल्चोक समेत आन्दोलनमा उत्रने उनले चेतावनी दिए।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति आइतमान तमाङले पनि भुक्तानीको विषय समाधान गर्न आग्रह गरे।

दोस्रो चरणको टेन्डर हुनुअघि सबै स्थानीयहरूको भुक्तानी हुनुपर्ने भन्दै उनले त्यसको समाधान नभएसम्म कांग्रेस सधैँ आन्दोलनका लागि तयार रहेको स्पष्ट गरे।

स्थानीय ठेकेदारको भुक्तानी कानुन र छानबिनपछि, कामदारहरुको छिट्टै

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी प्रमुख सुर्यराज कँडेलले भने पीडित पक्षलाई केही समय पर्खन आग्रह गरे।

कँडेलले कामदारहरुको भुक्तानी गर्ने कार्य सुरु हुन लागेको जानकारी दिए। तर, स्थानीय ठेकेदारहरुको भने भुक्तानी तत्काल नहुने उनले स्पष्ट पारे। स्थानीय ठेकेदारहरुको भने आवश्यक कानुन र छानबिनपछि मात्रै भुक्तानी हुने उनले बताए।

ठेकेदारहरुलाई तत्काल रकम निकासा गर्न कानुनले बाधा गर्ने भन्दै उनले त्यसको लागि मन्त्रालयमा सिफारिस गरेको जानकारी दिए। आयोजनाले खानेपानी मन्त्रालयलाई भुक्तानीको विषयमा यथार्थ जानकारी पेस गर्न उच्चस्तरीय समिति निर्माण गर्न सुझाव दिएको पनि उनको भनाइ छ।

कँडेलले अहिलेकै अवस्थामा स्थानीय ठेकेदारहरुलाई भुक्तानी दिन नसक्नेतर्फ संकेत गर्दै स्थानीय ठेकेदारहरुले पठाएको विवरण सिएमसीसँग प्रमाणीकरणका लागि पठाएको बताए।

सिएमसीलाई काममा फर्काउने सम्भावना नभएपछि ठेक्का तोडिएको भन्दै उनले सिङ्गापुरमा पनि वार्ता भएको तर सिएमसी काममा फर्किन सकारात्मक नदेखिएको उनले बताए। सरकारले मन्त्रिपरिषद्‌बाट 'फाष्ट ट्र्याक'बाट यसलाई बनाउने निर्णय गरेकाले सवैको सहयोगले आयोजना अघि बढाउनु पर्नेमा जोड दिए।

आयोजनाका कार्यकारी प्रमुख कँडेलले सरकारले सिएमसीसँग २ अर्ब १० करोड रुपैयाँ धरौटीबाट जफत गरिएको र अन्य शीर्षकबाट १ अर्ब गरी ३ अर्ब सरकारी ढुकुटीमा रहेकाे जनााए। आफूले चाहेर मात्र स्थानीय ठेकेदारलाई रकम उपलव्ध गराउन नसक्ने भन्दै उनले आवश्यक निर्णयका लागि मन्त्रालयमा लेखेर पठाएकाले यो समस्या छिट्टै टुङ्गिने विश्वास व्यक्त गरे।

(अन्तरक्रिया कार्यक्रमका तस्बिरहरु: बालकृष्ण दुलाल)

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नीति तथा कार्यक्रममा अतिक्रमित भूमि फिर्ताको स्पष्ट प्रतिबद्धता माग
प्रतिनिधिसभा बैठक (लाइभ)
सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न आयोगको सूचना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नीति तथा कार्यक्रममा अतिक्रमित भूमि फिर्ताको स्पष्ट प्रतिबद्धता माग बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) बिहीबार, वैशाख ३१, २०८३
सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न आयोगको सूचना बिहीबार, वैशाख ३१, २०८३
एमालेको प्रश्न– प्रधानमन्त्री सदनमा नआएर फेरि पनि सुकुम्बासी बस्तीमा डोजर लगाउँदै हो ? बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्रीले सदन बंक गर्न थाल्नुभयो : निश्कल राई बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्