काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरु-
१) प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता, ओलीले दिए रुद्राक्ष उपहार, नेपाल भ्रमणको निम्तो।
२) रेल निर्माण सुरु नहुँदै अदालतमा थुप्रन थाले मुद्दाको चाङ, जनकपुर–जयनगर रेलकै १० मुद्दा सर्वोच्चमा।
३) म्यानपावर व्यवसायी आन्दोलित, एक हप्तासम्म कामदारको हवाइ टिकट नकाट्ने अडान।
४) नेपाली क्रिकेट टिमको नयाँ प्रशिक्षकमा भारतका उमेश पटवाल, पारिश्रमिक झन्डै ८ लाख।
५) दोस्रो पटकका लागि निर्वाचित भारतीय प्रधानमन्त्री मोदीले छाने मन्त्री, भाजपा अध्यक्ष शाह गृहमन्त्री, एस जयशंकरलाई विदेश मन्त्रालयको जिम्मेवारी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।