• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारको बजेट हाम्रै अर्थनीतिमा रंगरोगन : नेपाली कांग्रेस

कर्मचारीको तलब वृद्धिबारे कांग्रेसको अस्पष्ट जवाफ
64x64
नेपाल लाइभ शुक्रबार, जेठ १७, २०७६  १७:४८
1140x725

काठमाडौं– सरकारले आर्थिक वर्ष २०७६/०७७का लागि प्रस्तुत गरेको बजेट आफ्नै अर्थनीतिमा रंगरोगन गरेर ल्याएको निष्कर्ष कांग्रेसले निकालेको छ। एकातर्फ कम्युनिष्ट दर्शनको शास्त्रीय मनोविज्ञान र अर्कातर्फ लोकतान्त्रिक संविधानको वस्तुगत यथार्थबीच फसेर सैद्धान्तिक अन्तरविरोधको बजेट आएको ठहर कांग्रेसको छ।

दुई तिहाइको कम्युनिस्ट सरकारले दोस्रो बजेटमा आइपुग्दा कांग्रेसले लिएको अर्थनीति पछ्याउन पुगेको बताइएको हो। बजेटबारे औपचारिक धारणा सार्वजनिक गर्न कांग्रेसले गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘कांग्रेसको अर्थनीति गलत छ भनेर मतदातामा गएको कम्युनिस्टको भनाइलाई नै यो बजेटले खण्डित गरेको छ। हाम्रै अर्थनीतिमा रंग भरेर पपुलिस्ट बजेट ल्याइएको छ। यसले कांग्रेस गलत थिएन भन्ने पुष्टि हुन्छ।’

बजेटप्रति गम्भीर आपत्ति प्रकट गर्दै 'नवीन कार्यक्रम, दूरगामी लक्ष्य र जोखिम मोल्न सक्ने क्षमताको खोजी' बजेटमा नदेखिएको कांग्रेसले जनाएको छ।

प्रवक्ता विश्व प्रकाश शर्माले प्रश्न गरे, 'यस्तै बजेटको परिणाममा नेकपाले बाँडेको दश प्रतिशत सपनाहरु पूरा हुन सम्भव छ? प्रथम बजेटले छोडेको अलमल, अलपत्र योजना र अधूरा सपनाहरूको भारी दोश्रो वर्षलाई बोकाइएको छ।'

बजेटबाट सरकार दुई तिहाइ हुनु र नहुनुको कुनै फरक नदेखिएको पनि कांग्रेसको टिप्पणी छ। पुँजीगत बजेट सानो आकारको भएको कांग्रेसले जनाएको छ। कांग्रेसले सार्वजनिक खर्च पुनरावलोकनका विषयमा आएका सुझावमा सरकार गम्भीर नेदखिएको बताउँदै ऋणबाट चल्ने अवस्था सिर्जना गरिएको आरोप लगाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

पत्रकार सम्मेलनमा राजश्वबाट ९ सय ८१ अर्ब उठाउने लक्ष्य लिएको सरकारले ९ सय ५७ अर्बको चालु खर्च छुट्याएका कारण ऋणको भर पर्नुपर्ने अवस्था देखिएको भन्दै आलोचना गरिएको छ। विकास खर्चका लागि ३ अर्ब विदेशी ऋणको प्रतीक्षा तथा २ अर्बको स्वदेशी ऋण जोहो गर्नुपर्ने स्थिति अत्यन्तै जोखिमपूर्ण रहेको कांग्रेसको ठहर छ।

आफूले सकारात्मक रुपमा लिएको प्रधानमन्त्री रोजगार कार्यक्रममा १० अर्ब विनियोजन गरेको बताउँदै  प्रवक्ता शर्माले एक वर्षभित्र एक सय युवालाई उचित रोजगारी दिन सरकारलाई चुनौती दिए। शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने प्रणालीबाट एक दर्जन युवा पनि लाभावान्दित हुन नसकेको दृष्टान्त अघि सार्दै कांग्रेसले यस्तो चुनौती दिएको हो।

​​​​​​प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावहीन भएको तर्क दिँदै प्रवक्ता शर्माले त्यसलाई प्रभावकारी बनाउन संकल्प, योजना नभएको उल्लेख गरे।

कर्मचारीको तलब वृद्धिलाई ‘कर्मचारी समायोजन अध्यादेश २०७४’ लाई विनाकारण प्रतिस्थापन गर्दा आएको विवाद समाधानको उपायका रुपमा कांग्रेसले लिएको छ। उक्त अध्यादेशबाट रिसाएका कर्मचारीलाई तलब बढाएर रिझाएको बताइएको छ। शर्माले तलब वृद्धिले महंगी बढ्ने भन्दै चिन्ता व्यक्त गरे। कांग्रेसले कर्मचारीको तलब वृद्धिबारे भने स्पष्ट धारणा दिन सकेन। कांग्रेसको छाया सरकारका अर्थमन्त्रीसमेत रहेका डा मीनेन्द्र रिजालले भने, 'यस बारेमा केही समय कुर्नुस्।'

कांग्रेसले सरकारले मूल्य वृद्धि नियन्त्रणका लागि कुनै पहल गर्ने नदेखिएको आँकलन गर्दै मुद्रास्फिति ६ प्रतिशत पुग्ने भनेर बजेटमार्फत नै महंगी बढ्ने संकेत गरेको जनाएको छ। यसैगरी शोधान्तर घाटा न्यून गर्न सरकार चुकेको उसको ठम्याइ छ। व्यापारघाटा न्यून गर्न निर्यातमा जोड दिनुपर्नेमा सरकारले त्यस्तो नीति अख्तियार नगरेको कांग्रेसको दाबी छ।

वर्तमान सरकारले मुलुकमा तीन तहका सरकार रहेको समेत बिर्सिएको आरोप कांग्रेसले लगाएको छ। संविधान‍मार्फत स्थापित तथ्यलाई बिर्सिएर सांसदलाई बजेट बाँडेकोमा उसले आपत्ति जनाएको छ। सांसदले विकासमा सोझै सहभागी हुने लोभ गर्नु स्वभाविक रहेको बताउँदै कांग्रेसले भनेको छ, ‘सांसदलाई नीति, थिति, विधि र सिंगो बजेट निर्माणकर्ताको उच्च छबी र वैचारिक गरिमाको नायकत्व दिन सरकार चुकेको छ।’

प्रदेश र स्थानीय तहको बजेट नबढाइएकोमा कांग्रेसको चित्त दुखाइ छ। 'आसन पाएपनि शासन नपाएको' गुनासो गरिरहेको दुई तहका सरकारका लागि बजेट नबढ्नु सहि नभएको कांग्रेसको दाबी छ। ‘बजेट १५ खर्ब पुर्‍याउँदा प्रदेश र स्थानीय तहमा समेत बजेट बढाइनुपर्थ्यो।’

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  १७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नीति तथा कार्यक्रममा अतिक्रमित भूमि फिर्ताको स्पष्ट प्रतिबद्धता माग
प्रतिनिधिसभा बैठक (लाइभ)
सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न आयोगको सूचना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नीति तथा कार्यक्रममा अतिक्रमित भूमि फिर्ताको स्पष्ट प्रतिबद्धता माग बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) बिहीबार, वैशाख ३१, २०८३
सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न आयोगको सूचना बिहीबार, वैशाख ३१, २०८३
एमालेको प्रश्न– प्रधानमन्त्री सदनमा नआएर फेरि पनि सुकुम्बासी बस्तीमा डोजर लगाउँदै हो ? बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्रीले सदन बंक गर्न थाल्नुभयो : निश्कल राई बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्