बागलुङ – प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा हार ब्यहोरेको नेपाली काँग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ।
प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ काँगेसले अन्य दलभन्दा बढी मत पाएको छ । काँगेसले प्रतिनिधिसभातर्फ ३५ हजार ६६८ र नेकपा९एमाले०ले ३० हजार ६३५ ल्याएका छन्।
समानुपातिकमा तेस्रो स्थान ओगटेको राष्ट्रिय जनमोर्चाले १५ हजार ९३४ मत पाएको छ । नेकपा माओवादी केन्द्रले १४ हजार ४५० मत ल्याएर चौथो भएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २१२ तथा जिल्लामा संगठन नै नभएरको विवेकशील साझा पार्टीले एक हजार १९६ मत प्राप्त गरेका छन्।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले ८४९, नयाँ शक्ति पार्टीले ४०५, नेकपा मालेले ३६४ संघीय समाजवादी फोरम नेपालले २१४ र नेपाली जनता दलले १०५ मत ल्याएका छन् । कुल एक लाख ६७ हजार २८२ मतदाता रहेको बागलुङमा एक लाख आठ हजार १५१ मत खसेको थियो।
जिल्लाका दुई प्रतिनिधि र चार प्रदेशसभामा प्रत्यक्षतर्फ वाम गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमाले, माओवादी केन्द्र र राजमो गठबन्धन बनाएर चुनावी मैदानमा थिए भने काँग्रेसले एक्लै चुनाव लडेको थियो । विसं २०७० मा भएको चुनावमा जिल्लाका तीनै क्षेत्रमा जितेको काँग्रेसले यसपालि विरासत जोगाउन सकेन । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।