धनगढी- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी रहेको छ। सोमबार रातिसम्म प्रदेश नम्बर ७ का ५ जिल्लाको समानुपातिकतर्फको मतगणना पूरा भएको छ।
५ जिल्लाको समानुपातिकतर्फको मतगणनामा नेपाली कांग्रेस अग्रस्थानमा छ। नेकपा एमाले दोस्रो स्थानमा छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर ७ मा नेपाली कांग्रेसले १ लाख १४ हजार ४ सय ७ मत प्राप्त गरेको छ। त्यस्तै, नेकपा एमालेले १ लाख ५ हजार १ सय ७१ मत प्राप्त गरेको छ।
प्रदेश नम्बर ७ मा समानुपातिकतर्फको मतगणना भइरहेका ५ जिल्लामध्ये ३ मा कांग्रेस तथा २ जिल्लामा एमालेले बढी मत प्राप्त गरेका छन्।
प्रदेश नम्बर ७ का डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला र बैतडीको समानुपातिकतर्फको मतगणनाका अन्तिम परिणाम घोषणा भएका हुन्।
घोषणा भएको मतपरिणाम अनुसार ३ जिल्लामा नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ। २ जिल्लामा नेकपा एमाले पहिलो भएको छ। मतपरिणाम घोषणा भएका सबै जिल्लामा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ।
नेपाली कांग्रेसले बझाङ, दार्चुला र डडेल्धुरामा सबैभन्दा बढी मत प्राप्त गरेको छ भने नेकपा एमाले बाजुरा र बैतडीमा अग्रस्थानमा रहेको छ।
डडेल्धुरा
समानुपातिकतर्फ कांग्रेसले २५ हजार १ सय ४८ मत प्राप्त गरेको छ। त्यस्तै, नेकपा एमालेले १४ हजार १ सय ८० तथा नेकपा माओवादी केन्द्रले ७ हजार ९ सय ५७ मत प्राप्त गरेको छ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सय ९९, राष्ट्रिय जनता पार्टीले १९, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले २ सय ६५, संघीय समाजवादी फोरमले २३, राष्ट्रिय जनमोर्चाले ३ सय ३, नेपाल मजदुर किसान पार्टीले २४, राष्ट्रिय जनमुक्ति पार्टीले १३, नेपाली जनता दलले १ सय २२, संघीय लोकतान्त्रिक राष्टिय मञ्च (थरुहट) ले ७, नयाँशक्ति पार्टी नेपालले ४२, विवेकशील साझा पार्टीले ३ सय ६३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ।
दार्चुला
यहाँ समानुपातिकतर्फको जम्मा सदर मत ५४ हजार ५ सय ३ रहेको छ। प्रतिनिधिसभातर्फ समानुपातिकमा नेपाली कांग्रेसले २१ हजार ४ सय ६८ र नेकपा एमाले २० हजार ६ सय २ तथा माओवादी केन्द्रले ६ हजार ९ सय ८५ मत प्राप्त गरेका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सय र विवेकशील साझा पार्टीले १ सय ३२ मत प्राप्त गरेका छन्।
दार्चुलामा प्रदेशसभा सदस्यको समानुपातिकतर्फ कांग्रेसले १९ हजार ९ सय ८० मत प्राप्त गरेको छ भने नेकपा एमालेले १८ हजार ९ सय ८३ मत प्राप्त गरेको छ। त्यस्तै, माओवादी केन्द्रले ७ हजार ९ सय ८६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सय ८४ मत प्राप्त गरेको छ।
बझाङ
प्रतिनिधिसभातर्फ समानुपातिकको ६६ हजार ५ सय ७७ सदर मत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बझाङमा प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ कांग्रेसले २४ हजार ७ सय ५५ मत प्राप्त गरेको छ। त्यस्तै, नेकपा एमालेले २४ हजार ४ सय ८७ प्राप्त गरेको छ। त्यस्तै, माओवादी केन्द्रले ८ हजार ६ सय ५२, विवेकशील साझा पार्टीले ५ सय ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सय ५२ मत प्राप्त गरेका छन्।
बझाङमा प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेसले २२ हजार ९ सय ६३, नेकपा एमालेले २० हजार ८ सय ४ र माओवादी केन्द्रले १० हजार ६ सय ३३ मत प्राप्त गरेका छन्। विवेकशील साझा पार्टीले ३ सय ६४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सय ८९ मत प्राप्त गरेका छन्।
बाजुरा
प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ ५३ हजार २ सय २२ सदर मत रहेकोमा नेकपा एमालेले २२ हजार ५ सय ८१ मत प्राप्त गरेको छ।
त्यस्तै, नेपाली कांग्रेसले २१ हजार सात सय ५१ र माओवादी केन्द्रले ५ हजार एक सय ५२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सय ११ र नयाँशक्ति पार्टी नेपालले २ सय २२ मत प्राप्त गरेका छन्। बाजुरामा प्रदेशसभा सदस्यको समानुपातिकतर्फ नेकपा एमालेले २२ हजार २ सय ६७, नेपाली कांग्रेसले २१ हजार १ सय २ र माओवादी केन्द्रले ४ हजार ७ सय ३२ मत प्राप्त गरेका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सय ९२, नयाँशक्ति पार्टी नेपालले १ सय ६४ मत प्राप्त गरेका छन्।
बैतडी
प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ ७४ हजार ७ सय ७५ सदर मत रहेको छ। त्यसमध्ये नेकपा एमालेले २३ हजार ३ सय २३ मत प्राप्त गरेको छ।
त्यस्तै, नेपाली कांग्रेसले २१ हजार २ सय ८५ तथा माओवादी केन्द्रले ११ हजार २ सय १२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ८ सय ५० तथा विवेकशील साझा पार्टीले २ सय ७९ मत प्राप्त गरेका छन्।
बैतडीमा प्रदेशसभा सदस्यको समानुपातिकतर्फ नेकपा एमालेले २१ हजार ६४ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १८ हजार २ सय ६२ प्राप्त गरेको छ।
त्यस्तै, माओवादी केन्द्रले ११ हजार ३ सय ७५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ हजार एक सय ४९ तथा विवेकशील साझा पार्टीले १ सय १० मत प्राप्त गरेका छन्।
कैलाली, डोटी, अछाम र कञ्चनपुरमा समानुपातिकतर्फको मतगणना जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।