काठमाडौं– नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र नेकपा एमाले नेत्री भगवती चौधरीबीच रोचक प्रतिस्पर्धा भइरहेको सुनसरी क्षेत्र नम्बर ३ को हिजोदेखि रोकिएको मतगणना पुनः सुरु हुँदैछ।
सोमबार दिउँसो ३ बजे दुवै पक्षबीच विवाद भएपछि मतगणना स्थगित भएको थियो। मंगलबार दुवै पक्षबीच सहमति भएपछि पुनः मतगणना सुचारु हुन लागेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ।
मत गणना रोकिँदासम्म भगवती चौधरी १ सय ५५ मतले गच्छदारभन्दा अगाडि छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।