काठमाडौं– कल बाइपास गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले कल बाइपास गरेको आरोपमा भारतीय नागरिक २६ वर्षीय खुर्सेद अन्सारीलाई पक्राउ गरेको हो। सिआइबीबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपाका–३ काटा गाउँ भन्ने स्थानबाट उनलाई पक्राउ गरेको हो।
उनले उक्त ठाउँका मैनुद्दिन धुनियाको घरमा डेरा लिएर कल बाइपास गर्दै आएको प्रहरीले जनाएको छ।
उनलाई जेठ १५ गते साँझ पक्राउ गएिको हो। प्रहरीले उनको कोठाबाट बल बाइपास गर्ने प्रयोग भएको ल्यापटप १ थान, ल्यापटको चार्जर १ थान, एरियल ३२ थान, राउटर १ थान, १३ वटा सिम फिट भएको १६ सिम पोर्ट १ थान, सिम नभएको १६ सिम पोर्ट १ थान, केवल तार लगातयका सामान बरामद गरेको छ।
पक्राउ परेका उनलाई दुरसञ्चार ऐन २०५३ अन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
सिआइबीले आफ्नो स्थापनाकालदेखि हालसम्म १ सय ८ स्थानमा कल बाइपास सम्बन्धी कारबाही गरेको छ। जसमा १ सय ३० नेपाली र ३७ विदेशी गरी १ सय ६७ जना पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरुबाट ११ अर्ब ९१ करोड १ लाख १६ हजार १ सय ६३ रुपैयाँ बिगो मागदाबी भएको छ।
कल बाइपासमा प्रयोग भएका २ हजार ३ सय ७५ थान सिम कार्डहरु पनि बरामद भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।