राजविराज- सप्तरीको कञ्चनरुप नगरपालिका–११ मा सर्पले डसेर ७ वर्षीय बालकको मृत्यु भएको छ।
जोगिन्दर रामका छोरा भुवनेश्वरलाई घरमै सर्पले डसेको थियो।
विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।