राजविराज- सप्तरीमा साँढेले किचेर ३ वर्षिया बालिकाको मृत्यु भएको छ।
डाक्नेश्वरी नगरपालिका ७ का प्रमोद मण्डलकी छोरी गुञ्जा कुमारीलाई घरमै खेलिरहेका बेला साँढेले छातीमा किचेको थियो। गम्भीर चोट लागेकी बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।