काठमाडौं– वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्ने भन्दै उदाएका विवेकशील साझा पार्टी र नयाँ शक्ति नेपालले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ समेत कमजोर प्रर्दशन गरेका छन्।
प्रत्यक्षतर्फ एक सिट जित्न नसेकको विवेकशील साझा समानुपातिकतर्फ पाँचौ स्थानमा छ भने मात्र एक सिट जितेको नयाँ शक्ति पार्टी आठौं स्थानमा छ।
मंगलबार बिहान साढे ७ बजेसम्मको मतपरिणाम अनुसार विवेकशीलले ५४ हजार ५ सय ९६ मत ल्याएको छ। नयाँ शक्तिले ३१ हजार ६ सय ७९ मत प्राप्त गरेको छ।
माओवादीसँग अन्तर बढाउँदै कांग्रेस
प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ माओवादी केन्द्रभन्दा पछाडि देखिएको कांग्रेस समानुपातिकको मतगणनामा भने दोस्रो स्थानमा छ।
उसले माओवादी केन्द्रभन्दा दोब्बर बढी मतको अग्रता लिइरहेको छ।
दोस्रो स्थानको कांग्रेसको ९ लाख ३ हजार ७ सय ४८ मत छ भने माओबादीको ३ लाख ९४ हजार ८ सय ४४ मत छ।
प्रत्यक्षतर्फ सानदार प्रर्दशन गरेको एमालेको ९ लाख ६२ हजार २ सय ८० मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।