कैलाली– कैलाली घटनाको मुख्य योजनाकार मानिएका रेशम चौधरी कैलाली १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन्।
आज बिहान सकिएको मतगणना अनुसार चौधरीले ३४ हजार ३ सय ४१ मत सहित विजयी भएका हुन्।
उनी राष्ट्रिय जनता पाटी नेपालको चुनाव चिन्हमा निर्वाचन लडेका थिए।
उनकी प्रतिद्वन्दी एमालेकी मदनकुमारी शाहले १३ हजार ४ सय ६ मत प्राप्त गरिन्।
भूमिगत रुपमा चुनाव लडेका चौधरीले २० हजार ९ सय ३५ मतान्तरले विजयी भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।