कञ्चनपुर– कञ्चनपुर ३ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेस नेता रमेश लेखक २ सय ५८ मतले पराजित भएका छन्।
आज राति सम्पन्न मत गणना अनुसार कांग्रेसका पूर्व मन्त्री समेत रहेका लेखक वाम गठबन्धनका एमाले उम्मेदवार दीपकप्रकाश भट्टसँग पराजित भएका हुन्।
भट्टले २६ हजार ३ सय ६४ मत प्राप्त गरे। लेखकले २६ हजार १ सय ६ मत पाए।
कञ्चनपुर १ मा माओबादी र २ मा एमाले उम्मेदवार विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।