काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ माओवादी केन्द्रभन्दा नेपाली कांग्रेस दोब्बर बढी मतले अगाडि देखिएको छ।
सोमबार राति १२ बजेसम्मको नतिजाअनुसार कांग्रेसभन्दा एमाले करिब ४ हजार मतले मात्र अगाडि छ। प्रत्यक्षतर्फ माओवादीभन्दा कमजोर देखिएको कांग्रेसको समानुपातिकमा एमाले बराबरी नै भोट आएको हो।
निर्वाचन आयोगका अनुसार एमालेको ७ लाख ५१ हजार ९ सय ११ मत ल्याएको छ। कांग्रेसको ७ लाख १४ हजार ६ सय ४५ र माओवादी केन्द्रको मत ३ लाख १७ हजार ८ सय २७ रहेको छ।
चौथो स्थानको संघीय समाजवादी फोरमको ४४ हजार ४ सय ९३ र विवेकशील साझा पार्टी ४३ हजार ५ सय ३९ मतसहित पाँचौ स्थानमा छ।
छैटौं स्थानको राप्रपाको ४१ हजार ४ सय ६३ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।