जनकपुर- पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडकखण्ड अन्तर्गत १३ किलो जंगल नजिकै शुक्रबार बिहान यात्रुबाहक रात्रिबसमा लुटपाट भएको छ।
इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक विक्रम लामाका अनुसार निजगढबाट ७ किमि पश्चिम जंगलमा काठमाडौंबाट जलेश्वरतर्फ जाँदै गरेको ना ७ ख २७९० को रात्रिबसमा अज्ञात समुहले बिहान करिब ३ बजे लुटपाट गरेको हो।
जिप र मोटरसाइकलमा आएको ६/७ जनाको समूहले सडक अवरोध गरी चालकलाई कुटपिट गर्नुका साथै सहचालकसँग रहेको ४५ हजार नगद र मोबाइल एक थान लुटेरे लगेको प्रहरीले जनाएको छ।
बसका यात्रुले प्रतिकार गर्न थालेपछि लुटेरा समूह भागेको थियो। प्रहरीले लुटेरा समूहका एक जनालाई नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य जारी राखेको जनाएको छ। (प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।