जनकपुर- महोत्तरीमा शुक्रबार बिहान घुससहित एक जनप्रतिनिधि पक्राउ परेका छन्।
महोत्तरीको एकडारा गाउँपालिका ४ का राजपाबाट निर्वाचित वडासदस्य रामचन्द्र राय यादवलाई घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
वडामा निर्माणाधीन एक योजनाको ठेकेदारसँग घुस रकम मागेको सूचना पाएर पुगेको अख्तियारको टोलीले ३६ हजार घुससहित उनलाई पक्राउ गरेको हो।
यादवलाई आवश्यक कारबाहीका लागि अख्तियारले बर्दिवासस्थित कार्यालय लगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।