काठमाडौं– प्रदेश ५ बाट प्रतिनिधिसभाका सबै २६ क्षेत्रकै अन्तिम नतिजा आइसकेको छ। प्रतिनिधिसभातर्फ यहाँका १२ जिल्लाकै अन्तिम मतपरिणाम आएको हो। जसमा सबैभन्दा बढी एमालेले १२ स्थानमा जित हासिल गरेको छ। यहाँ सूर्य चिह्न लिएर चुनाव लडेका बृजेशकुमार गुप्ता र हृदयश त्रिपाठीलाई पनि जोडिएको छ।
माओवादीले ७ र नेपाली कांग्रेसले ५ स्थानमा जित हासिल गरेका छन्। त्यस्तै राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरमले एकएक स्थानमा जितेका छन्।
अन्तिम परिणाम अनुसार दलहरुले जितेका क्षेत्रहरु-
एमाले (१२)
कपिलवस्तु २ - बृजेशकुमार गुप्ताल (सूर्य चिह्नमा चुनाव लडेका)
गुल्मी १ - प्रदीपकुमार ज्ञवाली
गुल्मी २ - गोकर्ण विष्ट
दाङ १ - मेटमणि चौधरी
दाङ ३ - हिराचन्द्र केसी
नवलपरासी पश्चिम १ - हृदयेश त्रिपाठी (सूर्य चिह्नमा चुनाव लडेका)
पाल्पा १ - दलबहादुर राना
पाल्पा २ - सोमप्रसाद पाण्डेय
बाँके ३ - नन्दलाल रोका क्षेत्री
रुपन्देही १ - छविलाल विश्वकर्मा
रुपन्देही २ - विष्णु पौडेल
रुपन्देही ३ - घनश्याम भुसाल
माओवादी (७)
कपिलवस्तु १ - चक्रपाणि खनाल
दाङ २ - कृष्णबहादुर महरा
बर्दिया २ - सन्तकुमार थारु
बाँके १ - महेश्व्रजंग गहतराज
रुकुमपूर्व १ - कमला रोका
रोल्पा १ - वर्षमान पुन
अर्घाखाँची १ - टोपबहादुर रायमाझी
कांग्रेस (५)
रुपन्देही ४ - प्रमोदकुमार यादव
रुपन्देही ५ - भरतकुमार साह
नवलपरासी पश्चिम २ - देवेन्द्रराज कँडेल
कपिलवस्तु ३ - अभिषेकप्रताप शाह
बर्दिया १ - सञ्जयकुमार गौतम
राष्ट्रिय जनमोर्चा (१)
प्युठान १ - दुर्गा पौडेल
संघीय समाजवादी फोरम (१)
बाँके २ - मोहम्मद इस्तियाक राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।