काठमाडौं– फिफा यु–२० विश्वकपको खेलमा नर्वेका खेलाडी इर्लिङ हल्यान्डले एकै खेलमा तेहरो ह्याट्रिक गरेका छन्।
समूह 'सी' को खेलमा हल्यान्डले ९ गोल गर्दा नर्वेले होन्डुरसलाई १२–० ले हरायो।
यो नतिजा विश्वकपको अहिलेसम्मकै ठूलो हो। यसअघि ब्राजिलले सन् १९९७ मा दक्षिण कोरियामाथि १०–३ को जित हात पारेको थियो। सो खेलमा ब्राजिलका एडाल्टनले ६ गोल गरेका थिए। दुवै रेकर्ड भंग गर्ने क्रममा हल्यान्डले खेलको ७, २०, ३६, ४३, ५०, ६७, ७७, ८८ र ९० मिनेटमा गोल गरे।
यद्यपी होन्डुरसविरुद्ध जित हात पारेको नर्वेलाई समूह चरणबाट बाहिरियो। यसअघि भएको समूहको खेलमा उरुग्वे र न्युजिल्यान्डले पराजित गरेका थिए।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।