काठमाडौं– इटालियन क्लब क्लब इन्टर मिलानको प्रशिक्षकमा एन्टोनियो कान्टे नियुक्त भएका छन्। लुसियानो स्पालेटीलाई बर्खास्त गरेको इन्टारले नयाँ प्रशिक्षकको रुपमा कान्टेलाई भित्र्याएको हो।
४९ वर्षीय कान्टेलाई गत सिजन इंग्लिस क्लब चेल्सीले बर्खास्त गरेको थियो। चेल्सीमा चार सिजन बिताएका उनले २ पटक प्रिमियर लिग र एफए कपको उपाधि जिताएका थिए।
त्यसअघि उनी इटालियन क्लब युभेन्ट्सको प्रशिक्षक थिए। उनी युभेन्ट्सका पूर्व मिडफिल्डर पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।