काठमाडौं– सबैभन्दा बढी कर तिर्ने भनी लगातार सम्मान पाउने व्यवसायी प्रभाकरशमशेर राणाको ८६ वर्षको उमेरमा निधन भएको छ।
राणाले नै सन् १९६६मा पहिलो पटक नेपालमा रहेको सुविधासम्पन्न तारे होटलहरुको छाता संगठन होटल संघ स्थापना गरेका थिए। उनले सन् १९६६ मा नेपालमा रहेका ८ वटा सुविधासम्पन्न होटललाई संस्थागत गर्दै होटल संघ नेपाल खोलेका थिए। राणाका एक छोरा र एक छोरी छन्। उनका छोरा सिद्धार्थ राणा लगातार ३ वर्षदेखि धेरै कर तिर्ने व्यवसायीका रुपमा सम्मान पाउँदै आएका छन्।
राणाले तत्कालीन समयमा अन्नपूर्ण, शंकर र सोल्टी होटल लगायतका होटललाई लिएर होटल संघ नेपाल खोलेका थिए। उनले सन् १९७६ सम्म संघको अध्यक्ष पदमा बसेर काम गरेका थिए।
उनले नै नेपालमा अन्तर्राष्ट्रिय स्तरको चेन होटलको नेपालमा प्रवेश गराएका थिए। अहिले पनि राणाले ५ अर्बभन्दा बढी रुपैयाँ लगानीमा सोल्टी होटलको विस्तारको काम गरिरहेका थिए।
सोल्टी होटल नेपालको एक चर्चित तारे होटल हो। सोल्टी होटल अहिले उपत्यका बाहिर नेपालगञ्जमा पनि सञ्चालन भइसकेको छ। राणाको अगुवाइमा सिप्रदी (टाटा) गाडीको व्यापार नेपालमा सुरु भएको थियो। योसँगै राणाले हाइड्रोमा समेत लगानी गरका छन्
एक वर्षदेखि नशासम्बन्धी रोगबाट ग्रसित राणाले अमेरिकास्थित विभिन्न अस्पतालमा उपचार गराइरहनुभएको थियो। उपचारकै क्रममा राणाको बिहीबार अमेरिकी समयअनुसार १६ बजेर ३३ मिनेटमा निधन भएको हो।
उनका सिप्रदी ट्रेडिङ, सूर्य टोबाको, हिमाल इन्टरनेसनल पावरलगायतका सफल व्यवसायहरु रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।