काठमाडौं– पाकिस्तानले पछिल्ला १० एकदिवसीय खेलमा हार बेहोरेको छ। यस्तो अवस्थामा पाकिस्तानले शुक्रबार एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। के पाकिस्तानले एघारौं खेलमा जित हात पार्ला वा वेस्ट इन्डिजको सिकार बन्ला?
खेल
पाकिस्तान भर्सेस वेस्ट इन्डिज
ट्रेन्ट ब्रिज, नटिङघम
२०१९ आइसिसी विश्वकप, म्याच २
शुक्रबार, ३१ मे, दिउँसो सवा ३ बजे
दुवै टिमलाई प्रतियोगिताको अनिश्चितता बोकेको टिमको रुपमा लिइएको छ। प्रतियोगिता सुरु हुनुअघि भएको वर्मअफ खेलमा पाकिस्तानलाई अफगानिस्तानले हराएको थियो। बंगलादेशविरुद्धको खेल वर्षाले अवरुद्ध भयो। त्यसअघि इंग्ल्यान्ड विरुद्धको ५ खेलको सिरिज पाकिस्तानले ४–० ले गुमायो। यस्तो अवस्थामा पाकिस्तानसामु विश्वकपको सुरुवात राम्रो गर्न चुनौतीपूर्ण छ। आइसिसी च्याम्पियन्स ट्रफी २०१७ को उपाधि इंग्ल्यान्डमै जितेको पाकिस्तानी टिममा युवा खेलाडी हुनु राम्रो पक्ष हो।
वेस्ट इन्डिजले वर्मअप खेलमा उत्कृष्ट ब्याटिङ प्रस्तुत गर्यो। न्युजिल्यान्डविरुद्ध ४ सय २१ रन जोडेको वेस्ट इन्डिजका ब्याट्सम्यान शाइ होप उत्कृष्ट फर्ममा छन्। उनले पछिल्लो पाँच खेलमा २ अर्धशतक र २ शतक बनाएका छन्। बलिङमा पनि वेस्ट इन्डिजलाई सन्तुलित टिम मानिएको छ।
टिम
पाकिस्तान- सर्फराज अहमेद (कप्तान), असिफ अली, फखर जमान, हसन अली, इमाम उल हक, मोहमद हफिज, सादब खान, सोएब मलिक, बाबर अजाम, हरिस सोहिल, इमाद वासिम, मोहमद अमिर, मोहमद हस्नाइन, साहिन अफ्रिदी, वाहेब रियाज
वेस्ट इन्डिज– जसान होल्डर (कप्तान), फाबियन एलन, डारेन ब्राभो, सानन ग्राबियल, शिमरोन हेम्टयर, इभिन लेविस, निकोलास पूरान, आन्द्रे रसेल, कार्लोस बाथवेट, शेल्डम, क्रिस गेल, शाइ होप, एस्ले नर्स, केमार रोच, ओसान थोम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।