काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फका ९ स्थानको नतिजा मात्र आउन बाँकी छ। १ सय ६५ क्षेत्रमध्ये हालसम्म सार्वजनिक भएका अन्तिम नतिजा अनुसार एक हजारभन्दा कम मतान्तरले पराजित हुने उम्मेदवार १० जना छन्।
विगतका चुनावमा थोरै मतान्तरले पराजित हुने उम्मेदवारको संख्या धेरै हुने गरेको थियो। तर, यसपटक नेकपा एमाले र माओवादी केन्द्रसहितका वाम दलहरुको गठबन्धनका कारण निर्वाचित हुने र हार्नेहरु बीचको मतान्तर निकै फराकिलो भएको छ।
प्रतिनिधिसभाको हालसम्मको नतिजामा सबैभन्दा थोरै ४७ मतान्तरले पराजित भएका उम्मेदवार समेत छन्। जनसंख्याका हिसाबले कम मतदाता भएका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङका दुई उम्मेदवारलाई पनि यहाँ समावेश गरिएको छ।
यी हुन् एक हजारभन्दा कम मतले पारजित हुने १० उम्मेदवारहरु
१. हुम्लाका नेपाली कांग्रेसका उम्मेदवार मङ्गल बहादुर शाही स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामासँग ४७ मतले पराजित भएका हुन्। शाहीको ८ हजार ४ सय ९१ मत आएको छ। विजयी उम्मेदवार लामाले ८ हजार ४ सय ४४ मत प्राप्त गरेका छन्।
२. मनाङका नेपाली कांग्रेसका उम्मेदवार टेक बहादुर गुरुङ एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङसँग २ सय ८८ मतले पराजित भएका हुन्। टेक बहादुरले २ हजार २१ मत प्राप्त गरेका छन्। विजयी उम्मेदवार पोल्देनले २ हजार ३ सय मत प्राप्त गरेका छन्।
३. मुस्ताङका नेपाली कांग्रेसका उम्मेदवार रोमी गौचन थकाली एमाले उम्मेदवार प्रेम प्रसाद तुलाचनसँग ३ सय ६३ मतले पराजित भएका हुन्। थकालीले ३ हजार १ सय ८१ मत प्राप्त गरेका छन्। विजयी उम्मेदवार तुलाचनले ३ हजार ५ सय ४४ मत प्राप्त गरेका छन्।
४. काठमाडौं क्षेत्र नम्बर ८ का नेपाली कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशी एमाले उम्मेदवार जीवन राम श्रेष्ठसँग ४ सय ४४ मतले पराजित भएका हुन्। जोशीले १२ हजार ९ सय ५३ मत प्राप्त गरेका छन्। विजयी उम्मेदवार श्रेष्ठले १३ हजार ३ सय ९७ मत प्राप्त गरेका छन्।
५. उदयपुर क्षेत्र नम्बर १ की एमाले उम्मेदवार मञ्जुकुमारी चौधरी कांग्रेस उम्मेदवार नारायण खड्कासँग ५ सय ४८ मतले पराजित भएकी हुन्। चौधरीले ३२ हजार ५ सय ९४ प्राप्त गरेकी छिन्। विजयी उम्मेदवार खड्काले ३३ हजार १ सय ४२ मत प्राप्त गरेका छन्।
६. धादिङ क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार दिलमान पाख्रिन एमाले उम्मेदवार खेम प्रसाद लोहनीसँग ६ सय ४० मतले पराजित भएका हुन्। पाख्रिनले ३५ हजार ६ सय १६ मत प्राप्त गरेका छन्। विजयी उम्मेदवार लोहनीले ३६ हजार २ सय ५६ मत प्राप्त गरेका छन्।
७. मोरङ क्षेत्र नम्बर ६ का नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइराला एमाले उम्मेदवार लालबाबु पण्डितसँग ६ सय ७५ मतले पराजित भएका हुन्। कोइरालाले ३३ हजार २ सय ६६ मत प्राप्त गरेका छन्। विजयी उम्मेदवार पण्डितले ३३ हजार ९ सय ४१ मत प्राप्त गरेका छन्।
८. बर्दियाको क्षेत्र नम्बर १ का एमाले उम्मेदवार वामदेव गौतम नेपाली कांग्रेसका उम्मेदवार संजय कुमार गौतमसँग ७ सय ५३ मतले पराजित भएका हुन्। बामदेवले ४४ हजार ७६ मत प्राप्त गरेका छन्। विजयी उम्मेदवार संजयले ४४ हजार ८ सय २९ मत प्राप्त गरेका छन्।
९. काठमाडौं क्षेत्र नम्बर १ का विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्र कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८ सय १८ मतले पराजित भएका हुन्। मिश्रले १० हजार ९ सय ३६ मत प्राप्त गरेका छन्। विजयी उम्मेदवार सिंहले १० हजार ९ सय ३६ मत प्राप्त गरेका छन्।
१०. कपिलवस्तु क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार दीप कुमार उपाध्याय माओवादी केन्द्रका चक्रपाणी खनालसँग ९ सय ४६ मतले पराजित भएका हुन्। उपाध्यायले २८ हजार ८ सय ५३ मत प्राप्त गरेका छन्। विजयी उम्मेदवार खनालले २९ हजार ७ सय ९९ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।