काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनका लागि बाटो खोलिदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन्।
चुनावी मत गणना अन्तिम चरणमा पुगेसँगै आज प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष दाहालले निर्वाचन सम्पन्न गरेका प्रधानमन्त्री देउवालाई धन्यवाद दिँदै नयाँ सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेका हुन्।
अध्यक्ष दाहालले वाम गठबन्धनको विजयीसँगै देश राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताएका छन्।
निर्वाचनमार्फत प्राप्त जनादेशलाई परीक्षा र जिम्मेवारीको रुपमा लिएर संयमपूर्वक राष्ट्रिय समृद्धिको यात्रामा केन्द्रित हुन दाहालको अपिल छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।